
पूर्णपुष्टि, १ चैत्र ।
उदयपुरमा भएको जिप दुर्घटनामा थप एकको मृत्यु भएको छ । बुधबार दिउँसो भएको दुर्घटनामा घटना स्थलमै ७ को मृत्यु हुनुका साथै एक जनाको धरान स्थित उपचारको क्रममा मृत्यु भएसँगै मृत्यु हुनेको संख्या आठ पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ९डीएसपी० सुदीपराज पाठकका अनुसार मृतक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा इटहरी ९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका २ का ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्रप्रकाश राई, ६ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी ५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी ९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी ५ का ४२ वर्षीय किशन राईको सनाखत भएको प्रहरी प्रमुख डीएसपी पाठकले जानकारी दिए ।
किशन राईको उपचारका क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । इलाका प्रहरी कार्यालय घोरेटारबाट सातजना र हसनपुरबाट पाँचजना गरी १२ जना प्रहरीको टोलीलाई तत्काल घटनास्थलमा पठाएर उद्धारको व्यवस्था मिलाइएको प्रहरी प्रमुख डीएसपी पाठकले जानकारी दिए । घाइतेको पनि विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ ।
धरानबाट भोजपुरको दक्षिणतर्फ आउँदै गरेको को१ज २५९३ नम्बरको जिप आज बिहान १०स्३० बजेतिर उदयपुरको बेलका ७ मैनामैनीमा दुर्घटना भएको थियो । जिपमा क्षमताभन्दा बढी यात्रु सवार रहेको देखिएकाले दुर्घटना भएको देखिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

