
पूर्णपुष्टि, पुष २३ । उदयपुर जिल्ला स्तरीय प्रथम महिला (डबल) ब्याटमिन्टन प्रतियोगिताको उपाधि नितिशा रैका मगर र शिला राईले जितेको छ ।
सोमबार महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको १८ औं वार्षिक उत्सवको अवसरमा जिल्ला ब्याटमिनटन संघको सहकार्यमा आयोजित एक दिने प्रतियोगिताको फाईनलमा सुस्मिता खत्री र समृद्धि राईको जोडीलाई हराउँदै नितिशा र शिलाले उपाधि हात पारेको हो । बोक्से स्थित कवर्डहलमा आयोजित प्रतियोगितामा १६ टिमका ३२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
त्यस्तै नानु राई, पूर्णिमा सेन्चुरी र राम कुमारी राई, यशोदा राईको जोडीले संयुक्त तृतीय स्थान हासिल गरे । उपाधि विजेता नितिशा र शिलाले नगद रु. १० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । उपविजेता सुस्मिता खत्री र समृद्धि राईले नगद रु. ८ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे भने तेस्रो भएका जोडिहरुले नगद रु. ५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । रत्ना रिसोर्टमा आयोजित पुरस्कार वितरण समारोहमा कोशी प्रदेश उपसभामुख सृजना दनुवारले विजेताहरूलाई पुरस्कार प्रदान गरेका थिए ।