उदयपुर तेस्रो (एमटीबी एक्स-को) रेसमा सिनियर तर्फ निमा र जुनियर तर्फ सजन प्रथम

पूर्णपुष्टि, १६ भदौ । गाईघाटमा सम्पन्न उदयपुर तेस्रो (एमटीबी एक्स-को) रेस प्रतियोगितामा सिनियर तर्फ निमा शेर्पा र जुनियर तर्फ साधन कार्की प्रथम भएको छ ।

शनिवार चप्पनमा आयोजित प्रतियोगितामा अढाई किलोमिटरको आठ ल्यावमा सिनियर तर्फ बोक्सेका शेर्पा र सात ल्याव जुनियर तर्फ गाईघाटका कार्की बिजयी बनेको हो । त्यस्तै सिनियर तर्फ दोस्रो सौगात मगर र तेस्रो जोनस राई भएका छन् । यस्तै जुनियर तर्फ दोस्रो कुसाङ्ग शेर्पा र तेस्रो कृष्ण सोनी भएको छ ।

संघका अध्यक्ष जितेन्द्र रोईलाका अनुसार उक्त प्रतियोगिताको मुख्य उदेश्य खेलाडी उत्पादन गर्न रहेको जनाए । पछिल्लो सयम मानिसहरु साईकललाई मनोरञ्जनको रुपमा र्यालीलाई मात्रै प्राथामिकता दिने तर खेलमा भने सहभागी नहुने अवस्था रहेको उनले जनाए । अब भने साईकलिङ क्षेत्रमा पनि खेलाडी उत्पादन गर्दै प्रतियोगिता तथा खेललाई अगाडी बढाने कार्यक्रमको मुख्य उदेश्य रहेको रोईलाको भनाई छ ।

यो प्रतियोगिता बर्षको १२ ओटै महिना हरेक महिनाको शनिवार आयोजना गरिने रोईलाले जानकारी दिए । उक्त प्रतियोगिताले एसिया ग्याम छनोमा बिषेश सहयोग पुराउने उनले जनाए । साईकलिङ खेलमा सहभागी हुन रोईलाले विद्यार्थीहरुलाई बिषेश आग्रह गरेको छ । सिनियर जुनियर दुवैखाले खेलाडीहरुलाई साईकलिङ प्रतियोगिताहरुमा होमिन र खेलाडी बन्न अध्यक्ष रोईलाको अनुरोध छ ।

उनले कसैलाई साईकलिङका लागि टे«निङको आवश्यक परेमा जिल्ला साईकल संघले निशुल्क रुमा प्रशिक्षण गराउने पनि बताए । प्रशिक्षणले खेलाडीहरुलाई ग्याम र प्रतियोगिताको बारेमा जानकारी दिनुका साथै सक्रिय बनाउने छ । प्रतियोगितामा सुनसरीका बाट समेत सहभागी हुनुका साथै साईकलिङ अभियान्ताहरुको समेत उपस्थित थियो । प्रतियोगितालाई जिल्ला साईकलिङ संघ उदयपुरले आयोजना गरेका थिए भने, एमाले नेता भागवत राउतको सहयोग, इन्पोटेक मोवाईल एण्ड कम्युटरको सह सहयोग रहेका थिए । मिडिया पार्टनरको रुपमा पूर्णपुष्टि, मिडिया रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0