Friday, June 19News That Matters

उदयपुर प्रवासी सेवा समाज कतारद्वारा त्रिनपामा बन्दै गरेको मन्दिरलाई आर्थिक सहयोग

पूर्णपुष्टि, साउन १ । उदयपुर प्रवासी सेवा समाज, दोहा कतारले त्रियुगा नगरपालिकामा निर्माणाधीन मन्दिरलाई आर्थिक सहयोग गरेको छ। संस्थाका अध्यक्ष कमल वाग्लेको उपस्थितिमा शुक्रबार भएको मासिक बैठकले यो निर्णय गरेको हो।

बैठकले उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १० र ११ मा बन्दै गरेको नयाँ मन्दिरलाई ११,१११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। संस्थाका सचिव संजीव कटुवालका अनुसार यस सहयोगको फलस्वरूप मन्दिरको शिलान्यासमा संस्थाको नाम लेखिने जानकारी दिएका छन्।