उदयपुर प्रहरीको मनोपरामर्श पछि लागु औषध प्रयोगकर्ताहरुले भने, “आई डियर नो ड्रग” तस्विर सहित

पूर्णपुष्टि, १० मंसिर । उदयपुरमा लागुऔषध प्रयोगकर्ताहरुले उपा्रन्त लागु औषाधमा लागि नपर्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको लागु औषाध नियन्त्रण (एमडिआई) अन्तर्गतको कार्यक्रम “आई डियर नो ड्रग क्याम्फेयन” मा लागुऔषाध प्रयोगकर्ताहरुले सहभागी जनाएउँदै यसबाट बिचलन नहुने प्रतिबद्धता जनाएको हो । प्रहरीले “आई डियर नो ड्रग क्याम्फेयन” भन्ने नारानै तयार गरेको छ । जसलाई “लागुऔषाध सेवान नगर्ने मैले दृढता गरे” भनिएको छ ।

सोही कार्यक्रममा प्रहरीले प्रयोगकर्ताहरुलाई एक दिने मनोपरामर्श दिईएका थिए । दिनहु बढ्दै गएको लागुऔषाध दुव्र्यसनीलाई नियन्त्रण गर्न उदयपुर प्रहरीले कार्वाही सँगै सचेतना र मनोपरामर्शको समेत कार्यक्रम आयोजना गरेको छ । शनिवार जिल्ला प्रहरी कार्यालय उदयपुरको भवनमा भएको एक दिने मनोपरामर्श कार्यक्रममा ५२ जना लागु औषाध प्रयोगकर्ताहरुलाई सहभागी गराएर परामर्श दिईएको थियो ।उनिहरु कोही दुव्र्यसनीको दलदलामा फसिसकेको अवस्था थियो त कोही भर्खर फस्दै गएको कोही भने प्रयोग नै नगर्नेहरु पनि थिए । प्रयोग नै नगर्नेहरुलाई सचेत हुन, प्रयोग गरेका र सिक्दैगरेकाहरुलाई तत्काल छोड्ने टिप्सहरु सिकाउँदै मनोपरामर्श गराईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उदयपुर प्रहरी प्रमुख रमेश थापाले दुव्र्यसनीको न्युनिकरण गर्न कार्वाही सबैथोक नरहेको जनाए । आफैबाट दुव्र्यसनीलाई बुझे मात्रै यसको नियन्त्रणमा कमि आउने एसपी थापाको बुझाई छ । कार्वाही त हामिले धेरैलाई गरिसकेका छौँ, तर पनि न्युनिकरण न्युन छ । न्यनिकरणलाई थप सहज बनाउन स्वयम व्यक्ति परिवार र समाज एकजुट हुनु पर्छ, त्यसका लागि परिवारको जिम्मेवारी, प्रहरीको कार्वाही र व्यक्ती स्वयमको त्याग र समाजको सकरात्मक दृष्टी आवश्यक छ, त्यसैले हामिले परामर्शको पनि कार्यक्रम तय गरेको हो “एसपी थापाले भने । परामर्शमा अभिभावकहरुलाई पनि उपस्थित गराईएको थियो । आफ्नो बच्चा कुन अवस्थामा छ रु के गर्छ रु कस्को सँगत गर्छ भन्ने कुराको जिम्मा परिवारले लिनु पर्ने छलफलमै कुरा उठेको छ । साथै परिवारको कलहले पनि बच्चाहरु लागुऔषाध दुव्र्यसनको सिकार भैरहेको न्रिश्कर्ष छ ।उनिहरुलाई लागुऔषाध असरबारे सचेतनामुलक भिडियो तथा सांगितिक कार्यक्रम, चेतनामुलक मन्तव्य, प्रहरीको कार्वाही बारे चनाखो बनाईएको छ । सहभागीहरुलाई उदयपुरका जिल्ला प्रमुख अधिकारी जनार्दन गौतम, त्रियुगा नगर उपप्रमुख महेश्वरी राई, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापा, ओसीएमसी प्रतिनिधि रन्जना ताजपुरिया, नेपाल पत्रकार माहसंघ उदयपुरका भरत खड्का, सामाजिक अभियान्ता मुकेश राई, सागर नेपाल लगायतले परामर्श दिईएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1