उदयपुर बसाहाको १२० रुपयाँको रोटीले तात्यो सामाजिक संञ्जाल

पूर्णपुष्टि, १२ असोज ।
उदयपुरमा १२० रुपयाँको सेलरोटी सामाजिक संञ्जालमा भाईरल बनेको छ । एउटा रोटी र अचारलाई होटलले १२० रुपयाँ लिएपछि उक्त होटललको सामाजिक संञ्जाल मार्फत चारैतिरबाट आलोचना भैरहेको छ । चौदण्डीगढी नगरपालिकामा पर्ने बसाहा बर्खेडाँडाँमा रहेको होटल सोलुखुम्वुले खाजाखाने क्रममा एक यात्री सँग एउटा रोटी, तरकारी र अचारको मुल्य १२०
रुपयाँ लिएको थियो ।

उक्त रोटीको मुल्य प्रति गुणासो गर्दै नेत्र बहादुर नेम्वाङले दुई दिन अघि फेसवुकमा स्टाटस लेखेका थिए । सोही स्टाटस अहिले सामाजिक संञ्जालमा छ्याप्छ्याप्ती बनेको हो । मुल्य र वस्तु एकआपसमा सुहाउँदीलो नभएको भन्दै सामाजिक संञ्जालमा आलोचना भैरहेको छ । जिल्ला होटल तथा पर्यटन ब्यवसायी संघ उदयपुरको माहासचिव ईश्वर साम्पाङले होटल संञ्चालक सँग सोधबुछ गरेको जनाए । उनले सामाजिक संञ्जालमा पहिल्यै उक्त रोटीको मुल्यवारे ध्यानाकर्षण भएको उल्लेख गरेका थिए । होटल संञ्चालक सँग कुरा गरेपछि मुल्य सच्याउने समेत कुरा आएको राईले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
6
+1
0
+1
0
+1
2