Tuesday, July 7News That Matters

उदयपुर मिलिजुली समाज कुवेतको अध्यक्षमा इन्द्र अछामी चयन

पूर्णपुष्टि,पुष २९ । उदयपुर मिलिजुली समाज कुवेतको दोस्रो अधिवेशनले अध्यक्षमा इन्द्र अछामीलाई सर्वसम्मत चयन गरेको छ । कुवेतमा कार्यरत उदयपुर बासीहरुको उल्लेखनीय उपस्थितिमा कुवेत स्थित फ¥यानियाको सिग्नेचर रेस्टुरेन्टमा जनवरी ६को दिन अधिवेशन सम्पन्न गरेको हो ।

अछामीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गर्दै उदयपुर मिलिजुली समाज संग जेडिएकाहरुको हकहितमा सदैव लाग्ने प्रतिबद्धताको साथ दोस्रो अधिबेशन सम्पन्न भएको हो । समितिको महिला उपाध्यक्ष देवि मगर, महासचिव हरि बहादुर राउत, सचीव बिदुर कार्की, कोषाध्यक्ष चन्द्र कुमारी मगर, महिला संयोजक पवित्रा पुडासैनी र प्रबक्तामा रिता राई चयन भएका छन् ।

यता सदस्यहरुमा महेश अधिकारी, पृतम खनाल, बालिका बिक, फर्स बहादुर कार्की ९बचत सह–संयोजक० दिपेन्द्र बहादुर राउत, राकेश राई, संजय कार्की, अग्नि राई, तिलक श्रेष्ठ, राजन रौनियार, दिपेद्र कुमार भगत, पुष्प राज बस्नेत, धन कुमारी कार्की राउत, दुर्गा धमला, लन्कमान तामाङ, ज्ञान बहादुर राउत, जीवन लाखे, जानुका माया श्रेष्ठ, दिपक आले, जीवन रौनियार, कुमार राई, उज्जल रौनियार, रुवि रौनियार रहेको छ ।

सल्लाहकारहरुमा सस्थापक अध्यक्ष उमेश पुडासैनी, हेमा पुडासैनी, प्रदीप बिक रहनु भएको छ । संयोजकमा संस्थाका पुर्व अध्यक्ष युवक राई९ठिम्मर० रहेको छ । अधिवेशन संस्थापक अध्यक्ष राजन चाम्लिङ राईको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका अध्यक्ष नबराज पन्थीको प्रमुख अतिथि र ९घले समूह० एनआरएनए परोपकारी समाजका कुवेतका अध्यक्ष धिरेन सुवेदी प्रमुख आतिथ्यता र हिमाली संचार मिडियाका हरि बानियाँ रहनु भएको थियो । २०२१ जनवरी २९ मा स्थापना भएको संस्था सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको संस्थाका संरक्षक राईले बताउनु भयो ।