उदयपुर सिमेन्ट उद्योगको उत्पादन क्षमता वृद्धी, चालु आर्थिक वर्षयताकै सबैभन्दा बढी उत्पादन

पूर्णपुष्टि, पुष ६
उदयपुर सिमेन्ट उद्योगको उत्पादन क्षमताममा वृद्धी भएसंगै यो चालु आर्थिक वर्षयताकै सबैभन्दा बढी उत्पादन गर्न सफल भएको छ । सरकारी स्वमित्वको देशको एकमात्र ठूलो उदयपुर सिमेन्ट उद्योगले मंसिरमा १५ सय १० मेट्रिक टन क्लिङ्कर उत्पादन गरेको हो । यो उत्पादन चालु आर्थिक वर्षयताको सबैभन्दा बढि रहेको उद्योगका महाप्रवन्धक गोपी न्यौपानेले बताउनुभयो ।
आ.व.को पहिलो महिना साउनमा ९ हजार ५, भाद्रमा १२ हजार १०, असोजमा ६ हजार ४२०, कार्तिकमा १० हजार १० मेट्रिन टन उत्पादन देखिन्छ । उद्योगले असोजबाहेक सबै महिनामा लक्ष्यबढी क्लिङ्कर उत्पादन दिएको छ । गुणस्तरीय र ठूलो मात्रामा क्लिङ्कर उत्पादन गर्नु उद्योगको मुख्य लक्ष्य हो । क्लिङ्कर उत्पादन बृद्धिसंगै सिमेन्ट उत्पादन र विक्रीमा पनि मंसिरमा अहिलेसम्मकै रेकर्ड ब्रेक भएको छ । उद्योगको रेकर्ड अनुसार मंसिरमा १० हजार ५३४ मेट्रिक टन सिमेन्ट उत्पादन भएको छ । रेकर्ड अनुसार साउन यता सबै महिना लक्ष्यबढी उत्पादन छ । साउनमा ६ हजार ७१०, भदौंमा ७ हजार ११०, असोजमा ६ हजार २८५, कार्तिकमा ५ हजार ११५ मेट्रिक टन सिमेन्ट उत्पादन भएको देखिन्छ ।

सिमेन्ट विक्रीतर्फ मंसिरमा १ लाख ९२ हजार ६१५ बोरा विक्री भएको छ । गत साउनमा १ लाख ७ हजार ९६२, भदौमा ९३ हजार ७२०, असोजमा १ लाख १४ हजार ६६६ र कार्तिकमा १ लाख १७ हजार २६६ बोरा विक्री देखिन्छ । चालु आर्थिकवर्षको पाँचौं महिनासम्म आउदा उद्योगले जम्मा क्लिङ्कर ५१ हजार ४५५ मे.टन, सिमेन्ट ३५ हजार ७५४ मे.टन र विक्री ६ लाख २६ हजार २२९ बोरा सिमेन्ट विक्री देखिन्छ । क्लिङकरदेखि सिमेन्ट उत्पादन र विक्री सबै लक्ष्य भन्दा बढि हुदै गईरहेको उद्योगका विक्री विभाग प्रमुख राम जिसिले बताउनुभयो ।
महाप्रवन्धक न्यौपानेका अनुसार गुणस्तरमा एसियाकै उत्कृष्ट गैंडा छाप सिमेन्टको बजारमा कुनै कमी छैन । हिउँदमा यसको माग ह्वात्तै बढ्ने कुरालाई मध्येनजर गर्दै उत्पादन बृद्धिमा जोड दिएको उहाँले बताउनुभयो । दैनिक ८ सय मेट्रीक टन उत्पादन क्षमताको सो उद्योग विगतमा धरासायी मात्र हैन बन्द हुने अवस्थासम्म पुगेको थियो । भ्रष्टचार, कमिसन, अनियमितता, भर्तीकेन्द्रको अखडा बनेको थियो । पछिल्लो समय क्रमशः सुधारको बाटोमा बढेको छ ।

महाप्रवन्धक न्यौपानेका अनुसार अव उद्योगलाई थप उत्पादन क्षमताबृद्धिमा लगिने तयारी छ । अव दैनिक १ सय मे.टन क्षमतामा पुर्याउने योजना छ । त्यसका लागि आवश्यक पूँजीको लागि उद्योग मञ्त्रालयमार्फत अर्थ मञ्त्रालयमा अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । मञ्त्रालय सकारात्मक रहेको र छिटै नयाँ प्रविधी जडान भइ क्षमता विस्तार हुँदा १५ प्रतिशतसम्म लागत घट्नसक्न सक्छ । बढीमा तीनवर्षमा फिर्ता गर्ने योजनासहित ऋण सहयोग मागिएको प्रशासन महाशाखा प्रमुख कमलराज पौडेलले जानकारी दिनुभयो । नयाँ नेतृत्व पाएको एकवर्ष नवित्दै उद्योगले पुनर्जीवन पाएको पनि उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: