Friday, May 1News That Matters

उदयपुर सिमेन्ट उद्योगलाई झण्डै ६३ करोड र त्रियुगा नगरलाई ३ करोड बढी बिद्युत महशुल

पूर्णपुष्टि, २ भदौ । नेपाल बिद्युत प्राधिकरणले ३९ औँ बार्षिकोत्सव शनिवार धुमधामका साथ मनाएको छ । यस अवसरमा नेपाल विद्युत प्राधिकरण उदयपुर शाखाले पनि बिभिन्न कार्यक्रम गरी बार्षिकोत्सव मनाएको छ । खेलकुद देखी रक्तदान सम्मको कार्यक्रम आयोजना गरी उदपुर शाखाले शनिवार भव्य रुपमा बार्षिकोत्सव मनाएको हो ।
नेपाल सरकारको एक मात्रै नाफामा उभो लागेको संस्था विद्युत प्राधिकरणले आफ्नो संस्थाका प्रगति र कर्मचारीहरु प्रति उच्च मनोवल बढाउँदै बार्षिकोत्सवको अवसरमा देशैभरी बिबिध कार्यक्रमहरु संञ्चालन गरेका थिए । नेपालका ६ उद्योगीहरुका कारण यतिवेला सरकार र विद्युत प्राधिकरणबीच लफडा पनि चलिनै रहेको छ । यो लफडाका कारण उद्योगीहरुको कम्जोरी हो या प्राधिकरणको भन्ने बिषयमा अनुसन्धात तथा छलफल भैरहेकै छ । तर नेपाली समाजमा सानोलाई ऐन अनि ठुलालाई चैन झैँ ब्यवहार गरेपछि साना उद्योगी र जनताहरुले बिद्युतको महसुल तिर्न बाँकी राख्दैनन् । यदि राखेहाल्यो भने त उनिहरुघरमै पुगेर प्राधिकरणले लाईनै काटिदिन्छ अनि कसरी नतिर्ने महसुल ?
तर यहाँ सरकार र राजनितिक दलको पहुँजमा भएका मैहु भन्ने नेपालका ठुला उद्योगीहरुले त फेरी महशुल नतिर्दा पनि हुन्छ । उनिहरुलाई त बरु सरकारलेनै बत्ति जडान गर्न प्राधिकरणलाई तत्काल दवाव दिन्छ । तर जनतको घर अन्धकार होस त सरकारले प्रधिरणलाई बत्ति जोड्न काहाँ निर्देशन दिन्छ ? ठुलो पैसावाला उद्योगीहरुले १२ बर्ष सम्म पनि महशुल नबुझाउँदा हुने नियम नेपालमै छ । बरु गरिव जनताको थोरै विद्युत महशुल नतिर्दा हुनु पर्नेमा उनिहरुलाई अनिवार्य तिराएर ठुला र आम्दानी हुने उद्योगहरुलाई छुट दिईन्छ ।
विद्युतको महसुल तिर्न नसक्नेमा उदयपुर सिमेन्ट उद्योग पनि पर्दछ । यो सँगै त्रियुगा नगरपालिकाले पनि ठुलो मात्रामा विद्युत महसुल नबुझाएको विद्युत प्राधिकरण उदयपुरले जनाएको छ । २०८१ श्रावण सम्म उदयपुर सिमेन्ट उद्योगले पेनाल्टी सहित ६२ करोड, ९९ लाख ३२ हजार रुपयाँ बक्यौप्रा धिकरणलाई बुझाउन बाँकी छ भने त्रियुगा नगरपालिकाले सडक बत्ति बापतको पेनाल्टी सहित ३ करोड ३४ लाख ३६ हजार ९६१ र रौतामाई गाउँपालिकालले पेनाल्टी सहित १ लाख ९४ हजार ५६९ रुपयाँ बक्यौता प्राधिकरणलाई दिन बाँकी छ ।
प्राधिकरणका अनुसार पेनाल्टी मात्रै सिमेन्ट उद्योगलार्ई १२ करोड, ५९ लाख ८६ हजार ४२०, त्रियुगा नगरपालिकालाई ६६ लाख ८७ हजार ३९२ र रौतामाई गाउँपालिकालाई ३८ हजार ९१३ रुपयाँ गरी १३ करोड २७ लाख १२ हजार ७०५ पेनाल्टी बापत गरी कुल ६६ करोड ३५ लाख ६३ हजार ६३२ रुपायाँ प्राधिकरणले असुल गर्न बाँकी रहेको छ । बत्तिको महशुल नतिरेपछि प्राधिकरणले उद्योग र त्रिुयुगा नगरपालिकाको सडक बत्ति लाईन काटेका थिए । उद्योगले केहि बक्यौता बुझाएपछि पून : लाईन जोडिएको थियो भने त्रियुगा नगरपालिकाले पनि २ लाख महशुल बुझाएर साउन देखी किस्तामा महसुल तिर्ने सम्झौता पछि पून : लाई जोडिएका थिए ।