Saturday, June 27News That Matters

उदयपुर सुधारउन्मुख अवस्थामा छ : स्वास्थ्य प्रमुख सुवेदी

पूर्णपुष्टि, जेठ २७ गते ।

स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले कोरोना सन्दर्भमा अहिले उदयपुर जिल्ला सुधारउन्मुख रहेको  बताउनुभएको छ । पूर्णपुष्टिको कोरोना अपडेट लाईभ सम्वादमा कुरा गर्दै प्रमुख सवेदीले सो कुरा बताउनुभएको हो ।

जिल्लामा अलिहेसम्म २ हजार ५ सय ३३ जनाको नमुना स्वाव संकलन गरेर परिक्षण गर्दा ३६ जनामा संक्रमण देखिएको जनाकारी दिनुभयो । बाँकी अन्यको रिपोर्ट नेगेटिभ आएको छ । निरन्तर परिक्षणको दायरा अगाडी बढाईरहदा नेगेटिभ रिपार्ट आउनेहरु बढी देखिएकाले उदयपुर सुधारउन्मुख अवस्थामा रहेको उहाँले बताउनुभयोे ।

प्रमुख सुवेदीले भन्नुभयो “अहिले आत्तिहाल्नु पर्ने अवस्था छैन ।, तर भारत र अन्य जिल्लाबाट आएका उदयपुरबासीहरु चुनौतीका रुपमा छन् ।, उनीहरुलाई सुरक्षित तरिकाले राख्न, परिक्षण र उपचार गर्न सक्यौ भने उदयपुर सुरक्षित हुन्छ ।”

यतिबेला सर्वसाधरण नागरिकहरुले बाहिरी खानेकुरालाई त्यागेर घर, करेसाबारीकै बढी जसो खाने कुराहरु खाईरहेकाले उनीहरुको स्वस्थ्य अवस्थामा राम्रो प्रभाव पारेको पनि प्रमुख सुवेदीले बताउनुभयो । यो मौसममा झाडापखाला लगायतका अन्य विरामी बढी हुने भएपनि घरमै बसेर स्वास्थ्य खानेकुरा खाएकाले त्यास्तो विरामीमा कमी आएको उहाँले बताउनुभयो ।

कोरोना परिक्षण प्रति सर्वसाधरणको चासो र चाहना बढी रहेको सन्दर्भमा कुरा गर्दै उहाँले शंका लागेका व्यक्तिको मात्रै पिसिआर तथा आरडिटी टेस्ट गरिने बताउनुभयो । घरमै सुरक्षा अपनाई बसेको र सामाजिक दुरी कायम गर्दै सुरक्षित व्यावहार अपनाएकाहरुलाई परिक्षणको जरुरी नहुने बताृनुभयो ।

संक्रमितसँगको सम्पर्क वा शंकास्पद किसिमको विरामी तथा लक्षण देखिएकालाई प्राथमिकतामा राखेर परिक्षण गरिने उहाँले बताउनुभयो । पहिले नेपालको कोरोना ईपि सेन्टर बनेको भुल्केको अवस्था बारेको जिज्ञासामा त्याहाको अवस्था हाल सामान्य रहेको जानकारी दिनुभयो । उदयपुरको ३६ जना संक्रमित मध्ये ३२ जना भुल्केका थिए । त्यसमा एक जना बाहेक सवै निको भएर घर फर्कि सकेका छन् । त्यस समुदाय भन्दा बाहिर गाईघाट बजारमा डेरा गरी बस्ने एक संचारकर्मी पनि निको भएर घर फर्कि सकेका छन् । दुई दिन अघिमात्र चौदण्डिगढीमा १ र बेलका नगरपालिकामा २ जना गरी ३ जना नयाँ संक्रमति उदयपुरमा थपिदा जिल्लामा जम्मा संक्रमितको संख्या ३६ पुगेको उहाँले जनाकारी दिनुभयो ।

अवको अवस्थामा पनि नागरिकहरुले पूर्ण सतर्कता अपनाउन आवश्यक रहेको र लकडाउनको पालना तथा स्वास्थ्य अनुशासन पालना गर्न सवैमा आग्रह पनि गर्नुभयो ।