
पूणर्पुष्टि, जेष्ठ, २७
रौतामाई/रौतामाई गाउँपालिकामा हाल भारतबाट आएका १४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । मुर्कुचिमा रहेका क्वारेन्टाइनमा ८ जना र भुट्टारमा रहेका क्वारेन्टाइनमा ७ जना गरी १७ जनालाई क्वारेन्टाइनमा राखिएको रौतामाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खम्वराज राइले बताउनुभयो ।
क्वारेन्टाइनमा राखिएकाहरु १ हप्ता अगाडी भारतको बिभिन्न स्थानहरु बाट आएका थिए । उनिहरु रौतामाई गाउँपालिकाका विबिन्न स्थानहरुको रहेका छन् ।
हाल रौतामाई गाउँपालिकामा निर्माण गरिएको क्वारेन्टाइन मध्य मुर्कुचि र भुटर गरी २ ओटाख क्वारेन्टाइनमा मात्र मान्छेहरु राखिएका छन् ।
कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि पालिकाले पहिले देखिनै सावधानी अपनाउँदै आएका छन् बिषेश गरी भारतबाट आएकाहरुमा रोगको जोखिम रहने भन्दै उनिहरुलाई क्वारेन्टाइनमा वस्ने समय अबधिभर त्यही राखिने पनि राइले बताउनुभयो ।
