
पूर्णपुष्टि, जेठ २७ गते ।
इरानी शीर्ष कमाण्डर कासिम सुलेमानीको जासुसी गर्नेलाई इरानको सर्वाेच्च अदालतले मृत्युदण्ड दिने भएको छ । सुलेमानीको जासुी गर्ने र उनीसँग जोडिएका सूचना अमेरिका र इजरायललाई दिने दोषी महमुद मुसवीलाई चाँडै नै मृत्युदण्डको सजाय दिइने भएको हो ।
सन् २०१९ जुन ३ तारिखको दिन अमेरिकी ड्रोनको आक्रमणमा सुलेमानी मारिएका थिए । सुलेमानी इरानका एक शीर्ष सैन्यकर्मी, उदयमान् नेता र कुद्स फोर्सका प्रमुख थिए, जसले इजरायल र अमेरिकाविरुद्ध कैयौँ ठूला अभियान चलाएका थिए ।
महमुद मुसवीलाई सीआईए र मोसादको लागि जासुसी गरेको दोषी पाएको इरानको सर्वाेच्च अदालतका प्रवक्ता गुलाम हुसैन इस्माइलीले मङ्गलबार एक टीभी कन्फ्रेन्समा भनेको छ । यो अपराधको लागि उनलाई मृत्युदण्ड दिइनेछ । महमुद मुसवीले नै सुलेमानीसँग जोडिएका सबै जानकारी हाम्रा शत्रुलाई दिएका थिए उनले भने ।
सुलेमानीको मृत्युपछि इरानले पटक पटक इराकमा रहेको अमेरिकी सैन्य शिविरमा क्षेप्यास्त्र प्रहार गरेको थियो । यद्यपि अमेरिकाले त्यो आक्रमणमा आफ्ना कुनै सैनिक नमरेको दाबी गरेको थियो ।
