पूर्णपुष्टि, २९ माघ ।
“उदयपुर सेवा समाज दक्षीण कोरिया” को तेस्रो अधिवेशनले अध्यक्षमा उमेश राई र महासचिवमा जितन राई रहने गरी २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । रोजगारीको सिलसिलामा दक्षिण कोरिया रहेका उदयपुरबासी श्रमिकहरुको छाता संगठन रुपमा रहेको ‘उदयपुर सेवा समाज दक्षिण कोरिया’को अधिवेशन राजधानी सउलमा आईतबार सम्पन्न सँगै कार्यसमिति चयन भएको थियो । यस्तै बरिष्ठ उपाध्यक्षमा जिवन श्रेष्ठ, उपाध्यक्षमा नबराज कार्की, उमेश बस्नेत सहसचिवमा मोहन दनुवार, कोषाध्यक्षमा समर्पण मगर, सह कोषाध्यक्षमा पवन राई रहेका छन् । यता सदस्यहरुमा सन्तोष राई, साजन राई, आषिश मगर, नवराज दाहाल, रमेश कार्की, गोपिकृष्ण राई, अनिष थापा, मिलन राई, कमल राई, सुरज किराती, तिलक मगर, रमेश खड्का र मन कुमार राई रहेका छन् ।
महासचिव राईले कार्यसमिति चयन सँगै पहिलो बैठक समेत बसेको जनाए । बैठकमा संस्थाको नयाँ लोगो र बिधान संशोधन, आबद्ध भएकाहरुबाट लेवी व्यवस्थापन र नियमित बैठक मिति तयलगायत विषयमा छलफल भएको राईले जनाएको छ ।
बैठकको निणर्य अनुसार अब संस्थाको लोगोभित्र उदयपुरको प्रमुख धार्मिकस्थल रौतापोखरीको तस्वीर अंकित हुनेछ । त्यस्तै भर्चुअल बैठक मासिक र त्रैमासिक प्रत्यक्ष ९भौतिक उपस्थितीमा० बैठक रहनेछ । कोरियामा कार्यरत उदयपुरे श्रमिकहरुको हकहितको उद्देश्यले ‘उदयपुर सेवा समाज द। कोरिया’ सन् २०१७ मा स्थापना भएको थियो ।