Monday, May 4News That Matters

उदयपुरको कटारीमा अव विज्ञान संकाय पढाई हुँने

पूर्णपुष्टि,असार २२ । जिल्लाको कटारी नगरपालिकामा अवस्थित त्रिवेणी माध्यमिक विद्यालयमा आर्थिक वर्ष २०८०/८१ देखि विज्ञान विषय पनि पढाई सुरु हुँने भएको छ । यहि असार २० गते नगर शिक्षा समितिको वैठकको निर्णय अनुसार यसै शैक्षिक सत्रबाट त्रिवेणीमा माविमा विज्ञान विषय अध्ययन अध्यापनका लागि नगरपालिकाले अनुमति दिएको हो ।

उक्त विद्यालयमा यस अघि शिक्षा, समाजशास्त्र, बाणिज्यशास्त्र र कृषी विज्ञान पढाइ भइरहेको बेला अब भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित बिषय मात्र पढाई हुँने गरेको थियो । विद्यालयका प्रधानाध्यापक वालकृष्ण कार्कीले एसईईको नतिजा प्रकाशन भएसँगै कक्षा ११ मा विज्ञान संकायमा पठन पाठन हुने जानकारी गराउनुभएको छ ।

विज्ञान विषय पढाई हुने भएपछि कटारी नगरपालिकाका मेयर राजशेचन्द्र श्रेष्ठले कटारीका सामुदायिक तथा संस्थागत विद्यालयका प्रमुखहरुसँग छलफलको लागि बोलाएको थियो । नगरले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नगरको गौरव योजनामा राख्दै विज्ञान संकाय विस्तार कार्यक्रमका लागि १५ लाख बजेट समेत छुट्याईसकेको जनाएको छ ।

यस क्षेत्रका विद्यार्थीहरुले यस अघि विज्ञापन संकाय अध्ययन गर्नको लागि अन्य ठाउँहरु जानुपर्रे बाध्यता थियो । यस क्षेत्रका विद्यार्थीहरुलाई विज्ञान संकाय अध्ययन गर्न यस अघि अन्यठाउँ जानुपर्ने वाध्यता थियो । नगरमै विज्ञान संकाय पढाईहुने हुँने भएपछी नगर आसपासका पालिका साथै विभिन्न वडाहरुका विद्यालर्यीहरु समेत उक्त विषय अध्ययन गर्न सहज हुने भएको छ ।