उदयुपुरे व्यवसायी कार्की लगतार छैटौंपटक उत्कृष्ट करदाता घोषित

पूर्णपुष्टि, मंसिरि ८
उदयपुरका एक व्यवसायी सबै भन्दा बढी कर तिरेर छैटौँपटक उत्कृष्ट करदाता घोषित भएका छन् । कटारीका व्यवसायी प्रयास कार्की यस पटक पनि सबै भन्दा बढी कर तिरेर उत्कृष्ट करदाता घोषित बनेका हुन् । नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालि कटारीका संचाल कार्कीले आन्तरिक राजस्वकार्यालय लहानबाट सबै भन्दा बढी कर बुझाएर उत्कृष्ठ करदाता घोषित भएका हुन् ।

कार्कीलाई आन्तरिक राजस्व कार्यालय लहानले कर सप्ताहको अन्तिम दिन आज कर दिवसको अवसरमा उत्कृष्ट करदाता घोषित गर्दै नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालिले २०७१।०७२ देखि निरन्तर सबै भन्दा बढि कर तिर्न सफल भएको जनाएको छ ।

कार्कीको कम्पनीले आर्थिक बर्ष ०७६।०७७मा ४६ लाख ४ हजार ४ सय कर तिरेर सबै भन्दा बढी कर तिर्ने व्यवसायीको पहिचान बनाएको करदाता सेवाकार्यालय गाईघाटले जानकारी दिएको छ ।
सेवाकार्यालय गाईघाटले २०७७ माघ १२ गते पेश गरेको आय विवरणमा कार्कीद्धारा संचालित नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालिले ३९ करोड ९६ लाख १६ हजार तिन सय ८३ कारोबार गरेकोमा १ करोड ८४ लाख १७ हजार ६ सय एक कर योग्यआय गर्न सफलभएको कर दाता सेवाकार्यालयका सूचनाअधिकारी रेक मगरले जानकारी दिए । जसमध्ये कार्कीले ४६ लाख आयकर तिरेका छन ।

कार्की समूहको हिमशिखर सप्लायर्स त्रियुगा नगरपालिका २, हिमगिरी सप्लायर्स कटारी ४ र नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालि छैटौ पटक धेरै आयकर तिर्ने साविक सगरमाथा अंचलकै उत्कृष्ठ फर्मबन्न सफल भएको छ । कार्कीको कम्पनीले आर्थिक बर्ष ०७५।०७६मा २६ लाख ३१ हजार आयकर तिरेर पहिलो बनेको थियो ।

आन्तरिक राजस्व कार्यालय लहानले कर सप्ताहको अन्तिम दिन आज एक कार्याक्रमको आयोजना गरि उत्कृष्ट करदाता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । यस अघि करदाता सेवाकार्यालय उदयपुरबाट बढी कर तिर्नेमा दिप्सा हार्डवेयरका संचालक नविन निरौला उत्कृष्ठ करदाता र उत्कृष्ठ कर्मचारीमा करदाता सेवा कार्यालयमा कार्यरत नायव रेक मगर भईसकेका छन ।

करदातालाई छूट, प्रोत्साहन दिन विभिन्न नीति र परियोजना सञ्चालन गरेको पाइन्छ । धेरै कर तिर्ने संस्था, व्यवसाय र व्यक्तिलाई कदर गर्ने परिपाटी अनुसार उत्कृष्ठ करदाता र कर्मचारीको नाम सार्वजनिक गर्ने गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: