Monday, June 8News That Matters

उद्घाटन खेलमा वडा न.१० को जित

उदयपुर, असोज २८ गते । 
उदयपुरमा संचालन भएको प्रथम वडा कप सेभेन ए साईड फुटबल प्रतियोगीताको उद्घाटन खेलमा आयोजक टिमले जित हात पारेको छ । त्रियुगा नगरपालिका–१० बोक्सेमा संचालन भएको प्रतियोगीतामा आयोजक टिम त्रिनपा–१०ले त्रिनपा–१२ लाई ४/३ गोललेपछि पार्दै जित हात पारेको हो ।

“युवा दुर्वेसन विरुद्ध खेलकुद, स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराको साथ वडा खेलकुद विकास समिति त्रिनपा–१० बोक्सेको आयोजना, त्रिनपा–१० वडाको संयोजन र नगरपालिका,नव उदय सावउस, त्रियुगा साना सहरी खानेपानी उस, बरुवा वन उपभोक्ता उस लगायतका संघसस्थाहरुको सहयोगमा प्रतियोगीताको आयोजना भएको थियो ।

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलले ट्राईब्रेमा धकेलिएको थियो । ट्राईबे्रकेरमा आयोजक टिमका जर्सी न. १४का हेम राई, जर्सी न.११ का अनिस सेवा, जर्सी न.१२ का टिप्सन राई र जर्सी न. ४ का उज्वल श्रेष्ठले गोल गरेका थिए । त्यस्तै त्रिनपा–१२को टिमबाट जर्सी न. ६ का डेभिड चौधरी, जर्सी न. ४ का अरुण मगर र जर्सी न. रोहित दनुवारले गोल गरेको आयोजकले जनाएको छ ।
उद्घाटन खेलको उत्कृष्ठ खेलाडी दिपक पौडेल भएको छ भने उनलाई मेडल र ५ सय नगद सहित सम्मान गरेको आयोजकले जनाएको छ । प्रतियोगीतामा नगरका १० वटा वडाले सहभागिता जनाएको आयोजक वडा खेलकुद विकास समिति त्रिनपा–१० बोक्सेका अध्यक्ष जिवन पाण्डेले बताए ।
प्रतियोगीतामा प्रथप पुरस्कार २५ हजार नगर, प्रमाण पत्र, द्धितिय पुरस्कार १५ हजार नगद, प्रमाण पत्र र प्रत्येक दिन उत्कृष्ठ खेलाडीलाई मेडल र ५ सय नगदले पुरस्कृत गर्ने अध्यक्ष पाण्डेले बताए ।