
पूर्णपुष्टि, जेठ ३२ गते ।
विदेशमा रहेका नेपालीलाई उद्धार गर्दा बढी भाडा नलिएको नेपाल एअरलाइन्सले जनाएको छ ।
उद्धार उडान गर्दा इन्धन, ओभर फ्लाइङ, ल्याण्डिङ, एअर क्राफ्ट ह्याण्डलिङ, मर्मत सम्भार आदि खर्च मात्रै जोडेर भाडा निर्धारण गरेको एअरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ ।
उद्धार उडान गर्दा प्रत्यक्ष सञ्चालन खर्च उठे पनि अन्य खर्च उठ्न नसक्ने अवस्था रहेको एअरलाइन्सको भनाइ छ । उद्धार उडानहरुमा यात्रुहरु एकतर्फी मात्र हुने भएकाले निगमले लागत खर्चलाई मात्र आधार गरी उडान भाडादर निर्धारण गरेको जनाएको छ ।
उद्धार उडानमा अन्य कुनै संस्था वा निकायबाट आर्थिक सहयोग प्राप्त नभए पनि सामाजिक उत्तरदायित्वलाई मनन गर्दै उद्धार उडानको भाडादर अझ घटाउने निर्णय गरेको निगमले जनाएको छ ।
निगमको भाडा घटाउने निर्णयबाट विशेष गरी खाडी राष्ट्रहरु मलेसिया र साइप्रसमा रहेका नेपालीलाई प्रत्यक्ष राहत पुग्नेछ ।
निगमले शनिबार उद्धार उडानको भाडा घटाएको छ ।
