Monday, March 17News That Matters

उद्योग प्रवद्धनले समृद्ध नेपाल बन्ने ः मन्त्रिी

उदयपुर, मंसिर २१ गते ।

स्थानिय तथा सना उद्योगलाई प्रवद्धन गर्न सके मात्र समृद्ध नेपाल बन्ने उद्योग भएको १ नं प्रदेशको उद्योग वन पर्यटन तथा वातावरण मन्त्रि जगदिस प्रसाद कुसियतले बताएका छन् ।

विहिबार देखि सुरु भएको घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै उक्त राष्ट्रको विकासका मेरुदण्ड भनेकै उद्योग भएकोले विशेष साना तथा स्थानिय उद्योगहरुलाई प्रवद्धन गर्नु पर्नेे मन्त्रि कुसियतले बताएका हुन् ।

भौगोलिक, प्राकृतिक स्रोत साधनको रुपमा अन्य प्रदेश भन्दा धनि भएकोले साना देखि ठूल उद्योगको स्थापना तथा विस्तार गर्नु पर्ने मन्त्रि कुसियतले बताए । स्थानिय साना उद्योगहरुको प्रवद्धन गर्न सके आर्थिक उन्नति हुनुको साथै राष्ट्रकै विकास हुने मन्त्रिले बताए ।

उद्योगलाई क्षेत्रलाई मजबुत बनाई बजारीकरण गर्नु पर्ने, सरकारले विशेष प्राथमिकताको साथ सानो उद्योगलाई प्रवद्धन गर्नु पर्ने र विश्वासको बाटो बनाएमा नमुना प्रदेशको रुपमा चिनाउन सकिने मन्त्रिले बताए । भने नबनेका वा बनेर पनि पारित नभएका उद्योग सम्बन्धि नीति नियमहरु चाडै पारित गरि कार्यन्वयनमा ल्याउने बताए ।

कार्यक्रममा जनतालाई स्थानिय सरकारको आभास गराउनु पर्ने, स्थानिय उत्पादनको प्रवद्धन तथा प्रचार प्रसार गर्नु पर्ने, साना तथा मझौला उद्योगको निर्माण गर्नु पर्ने, बजारीकरण गर्नु पर्ने, सरकारले चाडै उद्योग सम्बन्धि नीति निर्माण गर्नू पर्ने जस्ता अन्य सहभागिहरुको भनई रहेको थियो ।

महोत्सवमा १ नं प्रदेशको प्राय सवै जिल्लाको उद्यमीहरुको उपस्थिति रहेको थियो । उक्त महोत्सवमा विभिन्न खालको स्थानिय उत्पादनको बस्तु तथा मौलिक खानाको परिकारहरु रहेको थियो ।

गाउँघरमा बुनेको खाँडी, ढाका तथा अल्लोको कपडा,राडी पाखी, बाँसको र बाँसको जराको विभिन्न आकृति तथा अर्गानिक बस्तुहरु स्टलमा राखिएको नेपाल घरेलु साना उद्योग महासंघ उदयपुरको अध्यक्ष मधुकर थापाले बताए ।

“मेहनत श्रृजना उत्पान र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔैं नेपाल” भन्ने मुल नाराका साथ नेपाल घरेलु साना उद्योग महासंघ उदयपुरको आयाजनामा घरेलु औधोगिक महोत्सव–२०७५ को उद्घाटन कार्यक्रममा प्रदेश संसद नारायण बुजा मगर, अम्बिका थापा र विमल कार्की, नेपाल घरेलु सान उद्योग महासंघ केन्दीको अध्यक्ष राजेश कोईराला लगायतको अतिथिहरुको उपस्थिति रहेको थियो ।