
पूर्णपुष्टि, १८ फागुन ।
यहि फागुन २५ गते शुक्रबार सुभारम्भ हुने बयलगढी सफारीको उद्घाटन कोशी प्रदेशका कृषि, उद्योग तथा सहकारी मन्त्री राम कुमार खत्रीले गर्ने भएको छ । त्रियुगा नगरपालिका १३ बहेडुवामा रहेको बहेडुवा सामुदायिक थारु होम स्टेले सुभारम्भ गर्न लागेको बयलगढी (लहरु) सफारीको उद्घाटन मन्त्री खत्रीले गर्ने भएको हो । होम स्टेले माहासिवरात्रीको निद पारेर बयलगढी सफारी सुभारम्भ गर्न लागेको छ । होम स्टेको बिषेशता र सेवालाई थप गर्न लोप भैसकेको बयलगढीलाई आकर्षणका रुपमा संञ्चालन गर्न लागिएको जनाईएको छ ।

