Saturday, June 27News That Matters

उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार १ गते ।

काठमाण्डौँ उपत्यका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँ जिल्लाका ४ जना र ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

धुलिखेल अस्पतालको प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँ र ललितपुरका १/१ जना र पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँका २ जना र ललितपुरका १ जनामा संक्रमण पुष्टि जनाईएको छ ।