Sunday, March 16News That Matters

उपप्रधान मन्त्री यादव र राज्यमन्त्री कार्कीले दिए राजिनामा

पूर्णपुष्टि, बैशाख ३१ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पदबाट राजीनामा दिएका छन् ।

मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले जनता ससमाजवादी पार्टी नेपाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएसँगै केन्द्रमा यादवले राजीनामा दिएका हुन् । जसपा नेपाल विभाजन भएपछि यादव सरकारबाट बाहिरिने चर्चा चलिरहेको थियो । आइतबार बसेको कार्यकारिणी समितिको बैठकबाट सरकारबाट बाहिरिने औपचारिक निर्णय भएको थियो ।