Tuesday, June 9News That Matters

उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्दै

बैशाख ११ 

त्रिदेशीय टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि आज नेपाल र नेदरल्याण्ड्स प्रतिस्प्रधा हुदौछ ।

त्रिवि मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजेदेखि खेल सुरु हुनेछ । कोरोना महामारीपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्न लागेको नेपाल उपाधि जित्ने लक्ष्यमा छ ।

नेपाल लिग विजेता र नेदरल्याण्ड्स उपविजेता हुँदै फाइनलमा पुगेका हुन् । नेपालले नेदरल्याण्ड्सलाई पहिलो खेलमा ९ विकेटले हराएको थियो ।

दोस्रो खेलमा भने नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित भएको थियो । यही कारण पनि आजको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

आज दुवै टोली उच्च मनोबलका साथ मैदान उत्रिँदै छन् ।