Tuesday, June 2News That Matters

परिक्षामा उमेरहद तोकिएपछि उदयपुरमा शिक्षकहरु आन्दोलीत

पूर्णपुष्टि, माघ ३
उदयपुरका राहत शिक्षकहरु उमेरका कारण परीक्षामा सामेल हुन नपाउने भएपछि आन्दोलित भएका छन् । शिक्षा सेवा आयोगले हालै गरेको विज्ञापनमा उमेर हदका कारण परीक्षामा सामेल हुन नपाउने भएपछि उनीहरु आन्दोलित भएका हुन् ।
नेपाल राहत शिक्षक जिल्ला कार्य समिति उदयपुरले एक विज्ञप्तीमार्फत शिक्षा सेवा आयोगको परीक्षामा सामेल हुन पाउनु पर्ने माग राखेको छ ।
विज्ञप्तीमा तत्कालीन समयमा राज्यले आवश्यकता पूर्ति गर्न शिक्षा ऐनको मातहतमा रहि नियुक्ति गरिएका राहत शिक्षकहरुको उर्जाशील समय अध्यापन कार्यमा वर्षौं बिताए पनि शिक्षकहरुलाई उमेरको हद लगाई परीक्षामा सामेलहन बञ्चित गरिएको जनाएको छ ।
विज्ञप्तीमा दरबन्दी मिलानका क्रममा राहत शिक्षकहरुलाई दरबन्दी स्वीकार गरिसकेको तर विज्ञापनमा एक प्रकारको शिक्षकलाई उमेरको हद नलाग्ने र राहत शिक्षकलाई उमेरको हद लाग्ने यो आफैमा विभेदपूर्ण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।