उर्लाबारीमा ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको घटनास्थलमै ज्यान गयो

पूर्णपुष्टि, पुष २७
मोरङको उर्लाबारी आज बिहान ट्याक्टरले ठक्कर दिँदा एक जना विद्यार्थीको ज्यानगएको छ । उर्लाबारी नगरपालिका–३ पूर्वपश्चिम राजमार्गस्थित सोल्टी पुलमा बिहान साढे पाँच बजे ट्याक्टरले ठक्कर दिँदा उर्लाबारीस्थित नेपाल दर्शन कलेजमा अध्ययनरत विद्यार्थी निश्चल बानियाँको घटनास्थलमै ज्यान गएको हो ।
पूर्वबाट पश्चिम जाँदै गरेको को २ त ८२९६ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १ – ०१०१२ प ७१५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा उर्लाबारी–७ का २१ वर्षीय बानियाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: