
पूर्णपुष्टि/काठमाडौं, माघ २१ गते ।
उल्टोमोटरसाईकल यात्री उदयपुरका चित्रकुमार कार्कीलाई आईएमसी ग्रुपले अमेरिकन कम्पनीको तर्फबाट आईतबार मोटरसाईकल उपहार प्रदान गरेको छ ।
उल्टो मोटरसाईकल यात्रीको रुपमा शाहसीक कार्य गरेवापत कार्कीलाई कम्पनीले बजार मूल्य करिब चार लाख बराबरको २३० सीसी यूएमडिएसआर मोटरसाईकल उपहार स्वरुप प्रदान गरेको बताइएको छ ।
कम्पनी प्रतिनिधि उज्जल जोशी र आईएमी ग्रुपका कन्ट्रि मेनेजर दिपेस कायस्थले एक समारोहकाबीच कार्कीलाई मोटरसाईकल हस्तान्तरण गर्नुभयो । कार्कीले उपहारस्वरुप मोटरसाईकल पाएपछि आफुलाई अझ राम्रा र शाहसीक कामहरु गर्दै जाने प्रेरणा मिलेको बताए ।
उनले विश्व उल्टोमोटरसाईकल यात्रुको रुपमा गिनिजबुकमा नाम दर्ज गर्ने लक्षका साथ अगाडी बढिरहेको बताए ।
मेची–महाकाली उल्टो मोटरसाईकल यात्रा गरिसकेका उनले आफुलाई सहयोग गरेर यो अवस्थासम्म पुर्याउने सम्पूर्णलाई सम्झिदै धन्यवाद ज्ञापन गरे । उनले विभिन्न सामाजिक कार्यसमेत गर्दै आएका छन् ।