Tuesday, July 7News That Matters

ऊर्जामन्त्री लिङ्देनले ५ वर्षे रणनीतिक योजना बनाएर काम गर्ने पहिलो निर्णय

पूर्णपुष्टि,माघ ३ । नवनियुक्त उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङदेनले पदभार ग्रहण गरेका छन् । मंलवार राष्ट्रपति कार्यालयमा पदभार ग्रहणपछि मन्त्री लिङदेनले मुलुकको आवश्यक्ता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्यसम्पादन गर्न पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्ने पहिलो निर्णय भएको बताए ।

आगामी पाँच वर्षका लागि मन्त्रालयकै सहसचिवको नेतृत्वमा गठन हुने कार्य दलले मन्त्रालयको आवश्यक्ता र प्राथमिकताहरु निर्धारण गर्न र पाँच वर्षे एउटा रणनीतिक योजना बनाउने उनले बताए । जसका लागि तीन सदस्यीय कार्य दल बनाउने उनले बताए ।

ऊर्जा जलस्रोत तथा सिँचाईजस्तो महत्वपूर्ण मन्त्रालय सम्हाल्दा चुनौतीपूर्ण हुने भएपनि आफूले त्यसलाई अवसरमा बदल्ने उनको भनाइ छ । ‘मन्त्रालय कुनै पनि राम्रो÷नराम्रो वा सानो र ठूलो भन्ने त हुँदैनन्, सबै मन्त्रालय बराबर छन्’, उनले भने, ‘नेपालको हकमा ऊर्जा जलस्रोत र सिँचाई मन्त्रालय महत्वपूर्ण मन्त्रालय हो ।