पूर्णपुष्टि, पुस १९ ।
एउटै पुस्तामा गाउँलाई समृद्ध बनाउने लिम्चुङबुङको महाअभियान छिमेकी पालिका तथा जिल्लाहरुसंग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने कार्यदिशा तय गरेको छ ।
महाअभियान कार्यदलको आज सम्पन्न बैंठकले कार्यदिशा तय गरेको हो । बैंठकले मदनभण्डारी राजमार्गदेखि लिम्चुङबुङ गाउँपालिका हुँदै हलेसी त्रिधामसंग जोड्ने पर्यटन सडक स्तरोन्नती गर्दै कालोपत्रे गर्न जोडदार पहल गर्ने कार्यदिशा तय गरेको हो । ू
यो सडक हाम्रो विकासको मेरुदण्ड हो, यसले राष्ट्रिय महत्व बोकेको छ, त्यसैले सडक नबनेसम्म लागिरहन्छौं ।ू अध्यक्ष राईले भने ूहामी छिमेकी पालिकाहरुसंग समन्वय र सहकार्य गर्छौं, प्रदेश र केन्द्र सरकारमा डेलिगेशन जान्छौं । सबै खाले पहल गर्छौं । सुनुवाई नभए देश(विदेशमा विकासप्रेमि जनता गुहार्छौं ।ू
पिचरोडमा हिड्न पाउने अधिकार दुर्गमका जनताको पनि भएकोले त्यसको सुनिश्चितता सरकारले गरिदिनु पर्ने, नभएमा महाअभियानमार्फत सबैलाई गुहारेर भएपनि गरेरै छाड्ने अध्यक्ष राईले बताए । सो सडक तराईबाट पर्यटकलाई हलेसि पुग्न सबैभन्दा छोटो सडक हो ।
बैंठकले कार्यदलको संयोजक तथा पालिका अध्यक्ष मेजरकुमार राईको नेतृत्वमा पाँच सदस्यीय समन्वय समिति निर्माण गरेको छ । छिमेकी पालिकाहरुसंग समन्वयकारी भुमिका निर्वाह गर्नेगरि बनेको समितिमा सदस्यहरु पालिका उपाध्यक्ष पुष्पलाल राई, नेकपा एमालेका नेता राजकुमार राई, नेकपा माओवादी गाउँकमिटि सचिव मनोज बुढाथोकी र १ नं। वडाध्यक्ष जनदिप थापामगर रहेका छन् । तीन सदस्यीय प्रचार सचिवालय पनि बनेको छ ।
अभियानलाई ब्यापक बनाउन अन्तरपालिका समन्वयरसहकार्यका साथै आमजनता र सञ्चार माध्यामसंग थप छलफल गर्ने निष्कर्ष निकालेको छ । बैंठकले गत मंसिर २५ गतेको महाअभियान घोषणासभाको समीक्षा गर्दै भब्य र सभ्यरुपमा सम्पन्न भएको र जनताको साथ, सद्भाव, सहयोग र विश्वास पाएको निष्कर्ष निकालेको छ । साथै कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने जनप्रतिनिधि, राजनितिकदल, कर्मचारी, अतिथि, प्रवासी नेपाली, पत्रकार सबैलाई धन्यावाद ज्ञापन गरेको छ ।