
मेजर कुमार राई
प्रकाशित मिति : २०८० मंसिर २१ गते ।
सर्ब प्रथम हाम्रो देश नेपाल अनि हामी नेपाली, यो देशको सम्पूर्ण भू भाग हाम्रो हो। यो देश प्रतिको प्रेम हामी सबैलाई उस्तै छ। त्यसैले त आज हामी जो जहाँ पुगेता पनि मेरो देश नेपाल अनि म नेपाली हुँ भन्नलाई गर्व गर्दछौ।
त्यति मात्रै होईन बाह्वय हस्तक्षेप हुन खोज्यो भने मेरो देश नेपालको शान, मान र अस्थित्वमा कुनै आच पुग्नु हुन्न भनेर खबरदारी गर्छौ। संसारको कुनै ठाउँमा पुगेको नेपालीलाई आपतविपत र दुख पर्दा हामी सबै नेपालीलाई पनि दुख्छ यो हामी बिचको गहिरो प्रेम हो ।
हामी आम नेपाली हुनुको नाताले नेपालको जुनसुकै भू भाग पनि हाम्रै हो भनि साझा रुपमा किन स्वीकार नगर्ने ? त्यसैले आउनुहोस लिम्चुङबुङले शुरुवात गर्न लागेको एउटै पुस्तामा गाउँलाई समृध्द बनाउने यो महान र ऐतिहासिक बिकास निर्माणको अभियानमा एकताको भावनाले एकै साथ हातेमालो गरेर एउटा ईतिहास निर्माण गरौ।
जुन उदाहरणीय कार्यको थालनी लिम्चुङबुङले गर्न लागे ता पनि हामी आम नेपालीहरुको सामुहिक भावना , देश प्रतिको प्रेम र समृध्द समाज निर्माणमा नागरिक कर्तब्य पुरा गरेर एउटा नजिर स्थापित गरौ।प्रकृतिले दिएको अनुपम उपहारबाट आज नेपालले विश्वमा आफ्नो चिनारी बनाएको छ त्यतिमात्रै नभएर आर्थिक समृध्दि पनि हासिल गर्दै आएको छ।
जसरी सोलुमा रहेको सर्बोच्च शिखर सगरमाथा जुन हामी आम नेपालीको शान, मान ईज्जत प्रतिष्ठासंग प्रत्यक्ष सरोकार राख्दछ त्यो सगरमाथा सोलुखुम्वुको मात्रै नभएर प्रत्येक नेपालीले हाम्रो सगरमाथा हो भनि गर्ब गर्दछौ। त्यति मात्रै नभएर आज विश्वबाट त्यो सोलुमा भएको सगरमाथा आरोहण र अवलोकन गर्न आउने पर्यटकबाट प्राप्त गरेको आयस्रोत केबल सोलुले मात्रै उपभोग गरेको छैन। त्यहाँका पर्यटन व्यवसायीले तिरेको कर र पर्यटकहरुले तिरेको पर्यटन शुल्क राज्यकोषमा जम्मा हुन्छ र राज्यको कोष मार्फत समग्र देशको हरेक भू(भागले फाईदा लिदै आएको छ।
नेपाल समृध्द हुन्छ भने नेपालसंग भएको एक मात्र सुन्दर प्रकृति पर्यापर्यटनलाई उधोगमा बदलेर पर्यटन उधोगले मात्रै सम्भब छ। त्यसैले नेपालको भू(भाग लिम्चुङबुङको एभरेष्ट भ्यू टप रमाईलो डाँडाबाट एकै चोटी सगरमाथा लगायत आठ हाजार मिटर भन्दा अग्लो छ ओटा मनोमहक हिमश्रीङखलाहरुको अबलोकन गर्नुको साथै सोहि डाडाबाट सूर्योदय र सूर्यस्त अबलोकन गर्न सकिन्छ त्यसै गरी सुन्दर हिलगार्डेन्हरुको सुन्दर दृष्यहरु हेर्न र स्वच्छ हावा पानी बिभिन्ना जात जातिहरुको साँस्कृति संगै रमाउन पाईन्छ। लिम्चुङबुङको आगनबाट त्रीधाम हलेसीको दर्शन गर्न सकिन्छ । लिम्चुङबुङलाई प्रकृतिले प्रदान गरेको यो उपहार हामी आम नेपाली लगायत सम्पुर्ण पर्यटन प्रेमी मनहरुको साझा सम्पति हो। जुन उपहारलाई पर्यटन उधोगको रुपमा परिणत गरेर समग्र देशलाई समृध्द बनाउन थप सहयोग पुग्दछ। जसको फाईदा सम्पूर्ण समाजलाई हुनेछ ।
त्यसैले जसरी मेरो देश नेपाल र म नेपाली हो भनेर गर्व गर्दै गर्दा नेपालको समग्र भू(भागहरु पनि हाम्रो हो, भन्ने साझा धारणा राखेर आफू भन्दा माथि आफ्नो देश र समाजलाई राखेर जब नेपाली नागरिकको हैसियतले कर्तब्य पुरा गर्छौ भने साँचि कै हामीले महान सन्देश दिन सक्छौ।
त्यसैले आउनुहोस हामी एकै साथ अघि बडौ यो महान अभियानलाई जिम्मेवार अनि ईमानदार र भएर पुरा गरौ। हामीले बिकास निर्माणलाई अघि बढाउदा समग्र देश र समाजको हितलाई ध्यान दिउ त्यसमा आम नागरिकको सामुहिक धरणा सहितको होस। देशको जुनसुकै भू(भागमा बिकास निर्माणामा आम नागरिकले अपनत्व महशुस गर्ने गरी हुनु पर्छ अनि मात्रै देश समृध्द हुन्छ।
लिम्चुङबुङले शुरुवात गर्न लागेको बिकास निर्माणको यो महान अभियान पनि त्यसकै एक उदाहरण हो। लिम्चुङबुङ आम नेपालीको हो जसरी सोलुको सगरमाथा हामी आम नेपालीको हो। नेपाली नागरिक एक हौ लिम्चुङबुङको बिकास निर्माणको यो महान अभियानमा एकैसाथ सहभागि बनौ धन्यवाद ???? जय नेपाली नागरिक । मेजर कुमार राई लिम्चुङबुङ गाउँपालिकाका पालिका अध्यक्ष हुन् ।