
पूर्णपुष्टि, असार १७
प्रधानमन्त्रि केपी शर्मा ओलीले आज मन्त्रिहरुसँग परामर्श गर्नुभएको छ । बिहान आफ्नै निवास बालुवाटारमा उहाँले केही मन्त्रीहरुसँग परामर्श गर्नुभएको हो ।
उहाँले आफ्नो समूहका र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुलाई बालुवाटार बोलाउनुभएको थियो । नेपाल निकट मन्त्रीहरु घनश्याम भुसाल र योगेश भट्टराई तथा पूर्व माओवादीको तर्फबाट रामबहादुर थापा बादल र लेखराज भट्ट छलफलमा सहभागी हुनुभएको थियो ।
आफूहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली नागरिकले दिएको जिम्मेवारीलाई पूरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ गर्न र एकताबद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गर्न सुझाव दिएको थियो ।
प्रधानमन्त्रीले अरु नेताहरुसँग पनि छलफल गरेर विवाद छिटै मिल्ने जनाएको छ । हिजो बसेको स्थायी कमिटी बैठकमा धेरैले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन माग गरेपछि ओली परामर्शमा जुट्नुभएको हो ।
नेकपा स्थायी कमिटी बैठक अहिले केहीबेरमा बस्दैछ ।
