
पूर्णपुष्टि, असार १७
डोटीमा नवजात शिशुको हत्या गरेको आशङ्कामा एक किशोरीलाई पक्राउ गरेको छ । कैलाली जिल्ला स्थायी घर भई हाल दिपायल सिलगढी नगरपालिका–३ दिपायलको गणेशथानमा सिलाई कटाइ गर्दै आएकी २२ वर्षीया अविवाहित किशोरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
अबोध शिशुको हत्या गरेको आशङ्कामा हामीले किशोरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको किशोरी माथी थप आवश्यक अनुसन्धान भइरहेको जनाईएको छ ।
