Sunday, June 28News That Matters

गण्डकी प्रदेश थप २८ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार १७

गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्वका १२ जना, स्याङ्जाका ८ जना, बाग्लुङका ३ जना, गोरखाका ३ जना र कास्की र तनहुँका १÷१ जनामा संक्रमण पुष्टि भएको हो ।

सङ्क्रमितमध्ये केहीलाई आईसोलेशनमा राखिसकिएको र केहीलाई लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशका कोरोना सङक्रमित ९ सय ९४ मध्ये २ सय १४ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।