
उदयपुर/पूर्णपुष्टि, भदौ २२ गते ।
त्रियुगा नगरपालिकका मेयर बलदेव चौधरीले एकवर्षको अनुभवले राम्रो काम गर्नुपर्छ, जनताका इच्छा आकाँक्षालाई सम्बोधन गर्नुपर्छ, नगरलाई समृद्ध बनाउनुपर्छ भन्ने गहकिलो शिक्षा मिलेको बताउनुभएको छ ।
आर्थिक वर्ष २०७४/०७५ को वार्षिक समिक्षा तथा आ.ब. २०७५/०७६ को बजेट सार्बजनिक कार्यक्रममा सुक्रबार बोल्दै मेयर चौधरीले नगरको सिंगो टिमले नगरपालिकाको पाँचवर्षे आवधिक योजना बनाएको बताउनुभयो । स्वास्थ्य, शिक्षित, उद्यमशील हाम्रो शहर – समुन्नत, समावेशी, समृद्ध त्रियुगा नगर भन्ने मुल नाराका साथ पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सामाजिक, गैरसरकारी क्षेत्रमा के कस्तो गर्ने भन्ने कुरा निर्दिष्ट गरिएको बताउनुभयो ।
कानून नहुनु, पर्याप्त स्रोत, साधन र जनशक्ति नहुनु जस्ता चुनौतीका बाबजुद नगरलाई सन्दर र समृद्ध बनाउने आधार तयार गरेको बताउनुभयो । अवको २५ वर्षसम्म, अब आउने जनप्रतिनिधिलाईसमेत सहयोग गर्ने गरी आधार तयार गरेको बताउनुभयो । नगरको निम्ति बलियो र भरपर्दो जग तयार भएको दावी उहाँको छ । प्रदेश र केन्द्रले कानुन दिन नसकेपनि नगरले २९ वटा कानुन बनाएको र ११ वटा विधेयक समितिमा छलफल चलिहरहेको बताउनुभयो ।
नगरपालिकाले आफैले नगरको जनगणना गरेको, सर्वेक्षणमा ३० प्रतिशत घरधुरीलाई खान लाउन नपुगिरहेको जानकारी दिदै कृषिमा चारप्रतिशतले मात्र तरकारीखेती गर्ने, कुखुराको मात्र पर्याप्त, अण्डा बाहिर सप्लाई गर्न नसकिएको, दुधमा अलि मेहनत गरे पूर्णनिर्भर हुन सकिने, धान, मकै उत्पादन भएपनि गुहँ उत्पादन नरहेको बताउनभयो ।
शिक्षामा सुधार, प्राविधिक शिक्षामा जोड, कृषि पशुमा प्राथमिकता, सुचना प्रविधिमा जोड दिईरहेको बताउदै खाँबु, देउरी र राजाबासमा प्राविधिक शिक्षालय, बोक्से बालमन्दीरलाई सूचना प्रविधि, लक्ष्मीपुर, जोगिदहमा कृषि र भेटनरीका लागि प्रयास भईरहेको जानकारी दिनुभयो ।
अव योजना बनाउन र काम अगाडी बढाउन सकिलो रहेको बताउदै जनतासमेतको लगानी, गैरसरकारी संस्थाको सहभागिता रहनेगरी १६ वटै वडामा वडा गौरबको कार्यहरु गर्ने तयारी रहेको, पर्यटक भित्र्याउन ढिम्की क्षेत्रलाई मिनिचिडियाखानाको रुपमा विकास गर्ने, एक शहर एक पहिचानको कार्यक्रमका लागि नेपाल सरकारले २५ करोड छुट्याईसकेको जानकारी दिए । रौतासम्मको केबलकारको अध्यायन भईरहेको, रौतामाई गाउँपालिकाले ३० प्रतिशत र त्रियुगाले ७० प्रतिशत व्यहोर्ने गरी केबलकार योजनाको काम अगाडी बढाईने बताउनुभयो ।
१४ र १५ वडालाई हिलसिटिको रुपमा विकास गरिने, धाप्लाङघाटमा र्याप्mटिङ सन्चालन गर्ने, घोडचढी, साईक्लिङ गर्ने पर्यटक भित्र्याउन होटलको व्यवस्थापन, जातीय होमस्टे, सांस्कृतिक हब बनाउने काम अगाडी बढाउने बताउनुभयो ।
पर्यटनसंग जोडेर होटल व्यवसाय, यातायात व्यवसायबीच समन्वय गरेर सन्चालन गरेको खण्डमा प्रशस्त रोजगार र आम्दानी सिर्जना हुने उहाँले बताउनुभयो ।
उहाँले नगरलाई लोडसेटिङ मुक्त मात्र हैन, सुलभ उर्जा पारिने र त्यसका लागि सौर्य उर्जाको माध्यमबाट कम्तिमा १५ मेगावट उत्पादन गर्ने, सडक सञ्जाल र रिङरोडको अवधारणालाई अगाडी सारिएको बताउनुभयो ।
मेडिकलेजका लागि ३५ विगाहा जग्गाको खोजी भईरहेको र प्रत्येक वडामास वर्थिङ सेन्टर, औद्योगिक करिडर, त्रियुगा सभ्याता, बरुवा सभ्याता विकास गरिने बताउनुभयो । दशैंलाई उज्यालो दशै बनाइने, लागू औषधको आक्रान्त अवस्थाको नियन्त्रणा लागि अभियान नै सञ्चालन गर्ने जानकारी दिनुभयो ।
व्यवसायी, व्यापारी, उद्योग वाणिज्य, संघसंस्था, नागरिक समाज, पत्रकार र नगरपालिका सबै समन्वय गरेर काम गरेमा समृद्धि सम्भव रहेको बताउनुभयो । यसले नगरपालिकाको समृद्धिमा नयाँ आयाम थपिने बताउनुभयो । ठूला प्रजेक्टहरु प्रदेश र केन्द्रसंग पनि माग गरिएको जानकारी दिनुभयो ।
काम गर्दै अगाडि बढ्न थुप्रै बाधा व्यवधानहरु चिर्नुपरेको र ऐन, नियम र कार्यविधीको अभावले थुप्रै झन्जट व्यहोर्नु परेको पनि उहाँले सुनाउनुभयो ।
साढे ९९ करोड बजेट सार्बजनिक
कार्यक्रममा ९९ सय करोड ५८ लाख २० हजार बजेट सार्बजनिक भएको छ । अनुमानित उक्त बजेटको पूर्जीगततर्फ २५ करोड १४ लाख २८ हजार र चालु तर्फ ६१ करोड ८ लाख ९२ हजार रहेको छ भने बहुक्षेत्रीय पोषण कार्यक्रममा २० लाख, साना सिंचाई कार्यक्रममा १ करोड ५० लाख, एलजिसिडिपीमा १५ लाख, सडकवोर्ड ५० लाख, सामाजिक सुरक्षा भत्ता १० करोड र संघीय सरकारको थप कार्यक्रम १ करोड अनुमानित आय रहेको छ ।
१६ वडामा एक/एक करोडका दरले बजेट विनियोजन गरिएको छ । पूर्वाधारलाई प्राथमिकता दिदै विनियोजित बजेटमा पूर्वाधारतर्फ ३९ दशमलब ५० प्रतिशत खर्च छुट्याईएको छ । सामाजिक तर्फ १४ प्रतिशत, वातावरणतर्फ ६ प्रतिशत, आर्थिकमा ४ दशमलब ५ प्रतिशत र संस्थागततर्फ पनि त्यतिकै प्रतिशत खर्च छुट्याईएको छ ।
गत आर्थिकवर्षको प्रगति समिक्षाबाट पनि पूर्वाधारका काम र बजेट प्राथमिकतामा देखिएको छ ।
सुखद-दुखद मेयरको भनाई (भिडियो)