Tuesday, March 18News That Matters

एकाएक हराएका टम्पसेर, यस्तो अवस्थामा देखिए -(भिडियोसहित)

पूर्णपुष्टि/उदयपुर, असोज २० गते ।

एकाएक उदयपुरबाट गायव युवा टम्पशेर राई काठमाडौंमा टुप्लुक्क भेटिए । पछिल्लो समय विभिन्न सांगीतिक कोसेलीका साथ मिडियामा उदाउदै गरेका उनी जति व्यस्त देखिए, त्यति उत्साही पनि ।

काठमाडौं पसेको दुई महिनाको छोटो समयमै दर्जनौ गीत र भिडियोहरु प्रस्तुत गरिसकेका उनको काठमाडौं र सांगितिक क्षेत्रको अनुभूति गज्जव सुनाए ।

राजेश पायल राई, दिपक लिम्बु, मौसमी गुरुङ, रुपकुमार राई, मेलिना राई लगायतका लोकप्रीय र स्थापित गायकहरुका लागि गीत कम्पोज गर्नसम्म भ्याईसकेका उनले चर्चीत तथा स्थापित मोडेलहरु पुस्पल खड्का, रिमा विश्वकर्मा, अस्मिता राई, कमलसिंह ठकुरी, सुस्मा कटुवाल लगायतसंग काम गरिसकेका छन् ।

सायद नेपालको राम्रो कान्छो कम्पोजर भन्दा खासै फरक नपर्ने उनको कम्पोजप्रति विशेष धारणा पनि रहेछ । भविष्यमा राम्रो संगीतकार बन्ने लक्षका साथ मेहनत गरिरहेको उनले बताए ।

सकिन बन्न ब्रिटिसको लाहुरे, सुखमा होस् वा दुखमा होस्, मन पर्यो मलाई अल्लारे ठिटा, मन मिले ककनी घुम्न जाऊ, बाबाले रोजेको ब्रिटिसको लाहुरे, म तिमीलाई माया गर्छु, सुख दुख बराबरी उनका भिडियो गीतहरुले यतिबेला मिडिया छाईरहेका छन् ।

उदयपुरको लिम्चुङबुङ गाँउपालिका वडा नं. १ बाँसबोटेमा जन्मिहुर्की लामोसमय गाईघाटमा रेडियो आरजे रहेका उनी कसरी काठमाडौं पसेर सांगीतिक फाँटमा कदम बढाएका हुन् ।

भिडियोका लागि यहा क्लिक गर्नुहोस्…