Wednesday, June 10News That Matters

एकीकृत नेपाल शिक्षक संगठन कोशी प्रदेशको अध्यक्षमा भोजराज न्यौपाने

पूर्णपुष्टि, फागुन २१ । एकीकृत नेपाल शिक्षक संगठन कोशी प्रदेशको अध्यक्षमा भोजराज न्यौपाने चयन भएको छ । उदयपुरको कटारीमा अयोजित प्रदेश संगठनको दोस्रो जिल्ला अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा ४३ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा डिल्ली प्रसाद खतिवडा, राजेश प्रसाद यादव, महिला उपाध्यक्ष खिनामाया लिम्वु, कोमल प्रसाद रिमाल माहासचिव कपिलदेव तिमिल्सिना, उपमाहासचिव कमल प्रसाद बास्कोटा, अर्थ उपमाहा सचिव टेक नाथ नेपाल, महिला सचिव गोमा पोख्रेल, सचिव शिवराम राई, ऋद्धि बहादुर चर्मकार रहेका छन् । यस बाहेक अन्य सबै सदस्यहरु गरी ४३ कार्यसमिति निर्माण भएको छ । पूर्व सभामुख माओवादी नेता कृष्ण बहादुर महराको प्रमुख आतिथ्यता र बिशिष्ट अतिथि एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय अध्यक्षको उपस्थितिमा बृहत अधिवेशन भएका थिए ।