Wednesday, June 17News That Matters

एकै मुद्धाका दुई फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, भदौ १३

ज्यान मार्ने मुद्धाका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला उदयपुर रौतामाई गा.पा.७ का ४४ वर्षीय अलप बहादुर रिखाल मगर र सोहि स्थानको ३७ वर्षीय पुर्ण बहादुर मगर रहेका छन् ।

उदयपुर अदालत बाट विभिन्न मितिमा फैसला भई ६ बर्ष कैद सजाय तोकिएका फरार प्रतिबादीहरुलाई गोप्य सुचनाको आधारमा आईतबार बिहान ६ बजेको समयमा उदयपुर रौतामाई गा.पा ७ डहर स्थितमा लुकि छिपि बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिशेष टोलिले पक्राउ गरेको छ । पक्राउ परेका दुई जनालाई प्रहरीले फैसला कार्यन्वयनको लागि सम्मानित उदयपुर जिल्ला अदालत पठाएको छ ।