Wednesday, May 6News That Matters

एक बृद्धा मृत अवस्थामा फेला

उदयपुर, भदौ १८ गते । 

उदयपुरको त्रियुगामा एक जना व्यक्ति मृत अवस्था फेला परेको छ । त्रियुगा नगरपालिका–३ मोतीगढा निबासी भक्तसिंह तामाङको घरको पेटीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मागी खाने तराई मुलका जस्तो देखिने अन्दाजी ७० वर्षीय बृद्ध मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटेका प्रहरी टोली घटना स्थल पुगी शव पोष्टर्माटमको लागि जिल्ला अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।