Friday, May 8News That Matters

एनएमबि बैँक गाईघाट शाखाद्धारा जिल्ला हस्पिटल उदयपुरलाई स्वास्थ्य सामाग्री प्रदान

पूणर्पुष्टि, असार, १९

जिल्ला हस्पिटल उदयपुरलाई एनएमबि बैँक गाइघाट शाखाले १५ थान स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

हस्टिललाई स्वास्थ्य र सरसफाईको क्षेत्रमा सहयोग पुगोस भन्दै स्ट्याण्ड सहितको १५ थान ठुलो डष्टवीन प्रदान गरेको हो ।

स्वास्थ्य सामाग्री जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला हस्पिटल उदयपुरका संञ्चालन व्यवस्थापनको अध्यक्ष खड्ग परियारलाई बैँकका शाखा प्रमुख राजेश पोखरेलले हस्तान्तरण  गर्नुभयो ।

हस्तान्तरण सँगै शाखा प्रमुख पोखरेलले हस्पिटललाई स्वास्थ्य क्षेत्रमा पहुच पुराउन पहिले सरसफाईलाई ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले सोही अनुरुप स्वास्थ्य क्षेत्रलाई ध्यानमा राखि बैँकले भौतिक स्वास्थ्य सामाग्री प्रदान गरेको बताउनुभयो ।

प्रमुख परियारले स्वास्थ्य सामाग्री उपलब्ध गरी हस्पिटललाई सहयोग गरेकोमा एनएमबि बैँक गाईघाट शाखालाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आम जनताहरुको चासोको बिषय बनेका जिल्ला हस्पिटल उदयपुरलाइ स्वास्थ्यमा सुधारको निम्ति यस सामाग्रीले थप टेवा पुग्ने बतानउनुभयो । अहिले क्रमस हस्पिटल सुधारको अवस्थामा रहेको र थप व्यवस्थापन तथा पूणर् सुधारको लागि हस्पिटल व्यवस्थापन समिति पूणर् रुपले लागि परिरहेको पनि बताउनुभयो ।

सामाग्री बैँकका अन्य कर्मचारी र हस्पिटलका डाक्डर सहितका कर्मचारहीहरुका बिच एक कार्यक्रम गरी प्रदान गरिएको छ ।