Wednesday, May 27News That Matters

एनसेल टावरमा आगजनी

माघ १३ गते । 

भोजपुरको षडानन्द नगरपालिकामा रहेको एनसेल टावरमा आगजनी भएको छ । षडाननद गाउँपालिका–४ को मूलपानी र ८ नम्बर वडाको तुगेछ सीमाना टावर डाँडाको टावरमा आगजानी भएको हो ।

गतराति अज्ञात समूहले एनसेलको टावरमा आगजानी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट टावरमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।

उक्त अज्ञात समूहले टावर छेउको कोदोको नलमा आगो लगाएको स्थानीयले बताएका छन् । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।