Wednesday, May 27News That Matters

पत्रकारीता क्षेत्रलाई कुण्ठित गर्न खोजीयो : पूर्व मन्त्रि बस्नेत

उदयपुर, माघ १३ गते ।

राज्य संचालन गर्ने शासकहरुले पत्रकारीता क्षेत्रलाई कुण्ठित गर्न खोजेको पुर्व मन्त्रि तथा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका बरिष्ठ नेता हरिबहादुर बस्नेतले बताएका छन् । पञ्चायत भन्दा पहिलादेखि पञ्चायतमा र अहिले पनि पत्रकारीतालाई खुम्च्याउने प्रयास भईरहेको सोमबार पत्रकार भेटघाटमा पूर्व मन्त्रि बस्नेतले बताएका हुन् ।

शासकहरुको पहिलो आँखा पत्रकारीतामा पर्ने भएकाले यस क्षेत्रलाई लगाम लगाउन खोजेकोका पूर्व मन्त्रि बस्नेतले बताए । पत्रकारीताको कानुन निर्माण गर्दा होस् वा प्रेस काउन्सिलका प्रमुख नियुक्ति गर्दा होस् । यसको विरोध गर्न सक्नु पर्ने आवश्यता भएको पुर्व मन्त्रि बस्नेतले बताए ।

पूर्व मन्त्रि बस्नेतले अहिले सवै संवैधानिक अंगहरुलाई बन्धक बनाईएको आरोप लगाएका छन् । संवैधानिक अंगका प्रमुखहरु नियुक्ति राजनैतिक तहबाट हुने भएकाले बन्धक बनाउने प्रयास बढी रहेको उनले आरोप लगाएका छन् ।

पर्व मन्त्रिले भने ‘एमसीसी ईन्डोप्यासिफिक सामरिक रणनीतिको अंग भएको हो ।, एमसीसी ईन्डोप्यासिफीकको अंग भएपनि कुनै सैन्यसँग संलग्न नभई आर्थीक कारोबारसँग मात्रै संलग्न रहेको छ ।, सम्झौताका कुनै वुदामा त्रुटि भए तत्काल सच्याई राष्ट्रय हित अनुसार हुनु पर्दछ ।, राष्ट्रिय हित विपरित हुन नहुदैन ।’ एमसीसी लागु हुदा वा नहुदा कुनै पनि हालतमा अमेरिकन सेना नेपालमा बस्न पाउँदैन र राख्न नदिने पूर्व मन्त्रि बस्नेतले बताए ।

सवै भन्दा ठूलो वैदेशीक अनुदान भएकाले नेपाललाई यसको आवश्यता छ । यस अनुदानबाट विद्युत प्रसारण लाईन र सडक जस्ता विकास पूर्वधारमा खर्च हुने भएकाले यसको आवश्यता रहेको पूर्व मन्त्रि बस्नेतले बताए । हिजोको तुलनामा आज जनता सन्तुष्ट नभएको पूर्व मन्त्रि बस्नेतले दावी गरे । अहिले नेताहरु राष्ट्र र जनता प्रति भन्दा पनि आफ्नो दुनो सोझ्याउन तिर बढी झुकाव भएकाले जनता सन्तुष्ट नभएको आरोप लगाएका छन् । जुन प्रजातन्त्र विपरित भएको उनले बताए ।

पूर्व मन्त्रि बस्नेत भने ‘उद्योग कलकारखाना उद्यागी र व्यापारी तथा जनतले संचालन गर्नु पर्दछ ।, सरकारले संचालन गर्ने होईन ।, सरकारले भनेको त नसकेको खण्डमा सघाउनु पर्दछ ।, यसो गरे मात्रै उद्योग फस्टाउँछ ।, अनि राज्यको आर्थीक स्तर उक्सन्छ ।’

प्रजातन्त्र प्रति आफु र आफ्नो पार्टी सधै पतिबद्ध भएको पूर्व मन्त्रि बस्नेतले बताए । अहिले प्रजातन्त्रको हित अनुसार काम नभएको उनले बताए । अहिले प्रत्यक ठाउँमा बन्धन लगाउने प्रयास भईरहेकाले प्रजातन्त्रको सुचक नभएको उनले बताए ।