Wednesday, May 27News That Matters

१५ दिने मैनी मेला ३ दिन थपियो

आशिष वस्नेत 
कटारी/माघ १३ गते ।

कटारीको खोक्सामा लाग्ने त्रिवेणी मैनी मेला १८ गतेसम्म लाग्ने भएको छ । कटारी नगरपालिका–२ खोक्सामा माघ १ गतेबाट १५ गतेसम्म लाग्ने मेला तीन दिन थपिएर १८ गतेसम्म लाग्ने भएको हो ।

परापूर्व कालदेखि प्रत्येक माघ १ गतेबाट लाग्ने मेला दश वर्षे जनयुद्धपछि १५ दनि लाग्दै आएकोमा यसपालि तीन दिन थपेर १८ दिनसम्म मेला लाग्ने भएको आयोजक समितिले जनाएको छ । सास्कृतिक कार्यक्रमको आयोजनासँगै १८ गतेसम्म मेलालाई लम्बाएको मेला व्यवस्थापन समितिका अध्यक्ष केशव धमलाले बताए ।

कमला , ककरु र तावा खोलाको संगम स्थलमा मेला लाग्ने भएकाले मैनीमेलालाई त्रिवेणी मेला भन्ने गरीएको स्थानीयबासीले बताएका छन् । विशेष माघ १ गतेदेखि १५ गतेसम्म विभिन्न पुजा आरधना गरी मेला मनाउने चलन रहि आएको छ ।

त्रिवेणी घाटमा पुजा आरधना गरे मनोकाङ्क्ष पुरा हुने विश्वा रहि आएको छ । भाकल गरेको भाकल बुझाउन र पुजा आरधना गर्न भारतबाट समेत भत्तालुहरु आउने गरेका छन् ।