
पूणर्पुष्टि, कार्तिक १९
एन्फा प्रवक्ता किरण राईको नक्कली फेसबुक बनाइ पैसा माग्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली फेसबुक बनाई सर्बसाधारणलाई सापटी भन्दै पैसा माग्ने त्रियुगा नगरपालिका ११ गाईघाटका २१ वर्षिय पंकज साहलाई प्रहरीले हिजो पक्राउ गरेको हो । सर्वसाधारणमात्र नभई जनता समाजवादी पार्टीका नेता राहुल यादवसमेतलाई पैसा मागेपछि नक्कली फेसबुकको कर्तुत खुलेको हो । ३० हजार पैसा सापटी दिन भन्दै च्याट आएपछि प्रवक्ता राईलाई हिजो सोधेका थिए ।

तर, आफुले पैसा सापटी नमागेको भनेपछि नक्कली फेसबुकबाट च्याट आएको पत्ता लागेको थियो । प्रवक्ता राईका अनुसार आप्mनो नाममा नक्कली फेसबुक चलेको थाहा पाएपछि तत्काकालै प्रहरीमा उजुरी गरेका थिए ।

प्रहरीले तदारुक्ताका साथ खोजी गरेपछि साह पक्राउ परेका थिए । उनी गाईघाटबाटै पक्राउ परेको प्रहरीले जनाएको छ । उनले आफुले नक्कली फेसबुक बनाइ मानिसलाई पैसा माग्दै ठगी गरेको स्विकारेको जिल्ला प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालले बताउनुभयो ।
यसबारे थप अनुसन्धान चलिरहेको उहाँले बताउनुभयो । साहले नै त्रिनपा १० का विगेश राईको नाममासमेत नक्कली फेसबुक बनाइ ठगी गरिरहेको प्रहरीले पत्ता लगाएको छ । साईबर क्राईम अन्तर्गत उनलाई कारवाही हुने प्रहरीले जनाएको छ ।
