
सुनिल राई, गाईघाट÷फागुन ९ । उदयपुरको थारुहट रंगशाला गाईघाटमा जारी एन्फा महिला च्याम्पियनसिपको उपाधिका लागी दुई विभागिय टोली शसस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।
आजको फाईनल खेल दिउँसो २ बजे हुनेछ । एपिएफले क्वाटरफाईनलमा आरएस रिसोर्ट पोखरालाई १९–० गोलको फराकिलो अन्तरले हराएको थियो भने सेमिफाईनल खेलमा संकटालाई ३–० गोल अन्तरले हराएको हो । त्यस्तै त्रिभुवन आर्मी क्लबले क्वाटरफाईनलमा न्युरोड टिमलाई ६–१ गोल अन्तरले हराएको थियो भने सेमिफाईनलमा नेपाल पुलिस क्बलाई १–० गोल अन्तरले हराएको हो ।
जम्मा १० टिम सहभागी मध्ये हालसम्मको खेलबाट गाइघाट फुटबल क्लव, एफ सी रियल, छहारी युथ क्लब, आर एस रिसोर्ट, न्यूरोड टिम, चर्च वोइज, नेपाल पुलिस क्लब र संकटा क्लब गरी आठ टिम वाहिरियो ।
यस च्याम्पियनसिपको विजेताले नगद रु. ७ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ३ लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस च्याम्पियनसिपको उत्कृट ३ विधाका खेलाडीले जनही नगद रु. ५० हजार पुरस्कार प्राप्त गर्नेछ ।
