Wednesday, June 3News That Matters

एमसीसीलाई राष्ट्रघाती सम्झौताको संज्ञा : उदयपुरमा ९ दलले अन्तरक्रिया गर्ने

पूर्णपुष्टि, फागुन २०
ठुला दलहरुले एमसीसी पास गर्न सकारलाई सघाएकै भरमा नेपालमा एमसीसी पास भैसके पनि साना दलहरुले भने यसको निरन्तर बिरोध नै गरिरहेको छ ।एमसीसी विफल बनाउन आफूहरु सफल नभएपनि यसको कार्यान्वन नितीलाई फितलो बनाउने उदेश्यले लगतार यसको विरोधमै उत्रिरहेको छ ।उनिहरुले एमसीसी नेपाली र नेपाली जनताहरुको हितमा नरहेका कारण निरन्तर विरोधमै आफुहरु रहेको जनाए ।

उदयपुरमा ९ दलले एमसीसी राष्ट्रघातीको संज्ञा दिँदै आईतबार राष्ट्रिय स्वाधिनताको प्रशन बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा ११ बजे देखि गरिने आयोजकले जनाए । बिभिन्न ६ राजनैतिक दल र २ मोर्चाको संयुक्त आयोजना कार्यक्रम गर्न लागिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी उदयपुर, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) उदयपुर, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल उदयपु, नेकपा मसाल उदयपुर, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल उदयपुर नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, नेपाल कम्युनिष्ट पार्टी र माओवादी मजदुर पार्टीको संयुक्त आयोजना रहेको पत्रमा उल्लेख गरिएको छ ।