Sunday, May 17News That Matters

एमसीसी पास नगर्न माओवादी मजुदुर पार्टीको माग

पूर्णपुष्टि, साउन १९

माओमावदी मजदुर पार्टी केन्द्रिय तदर्थ समितिले एमसीसी पास नगराउन माग गरेको छ । मंगलबार गाईघाटको पिजि चोकमा पार्टीले कोण सभा तथा एमसीसीको बिरोध गर्दै पास नगराउन सरकार तथा सम्बन्धित पक्षहरुलाई आग्रह गरेको हो । 

एमसीसी नेपाली जनताहरुको हितमा नरहेको भन्दै नेपाली भुमिमा अन्य देशको राज चल्ने यस्तो षड्यन्त्रपूर्ण एमसीसी जानीजानी पारित नगारउन पार्टीले माग राखेको छ । 

एमसीसीको विरोधमा आम जनताहरु सडकमा उत्रिरहेको भएपनि जवरजस्ती यसलाई पास गराउने खेल भईरहेको भन्दै यस्तो नगर्न पार्टीले माग गरेको पार्टीका केन्द्रिय माहासचिव हिमाल सिंह राईले बताउनुभयो । 

पार्टीका माहासिचव राई सहित प्रवक्ता जगत कटुवाल, केन्द्रिय सदस्य उर्मिला राई, केन्द्रिय सदस्य मनि कुमार राई र तारा राई लगायतको उपस्थितिमा एमसीसी नस्वीकार्न माग गर्दै बिरोध प्रदर्शन भएको थियो ।