Sunday, March 16News That Matters

एमालेले टुंग्यायो कोशीमा ३ मन्त्रीको नाम

पूर्णपुष्टि, जेष्ठ ४ । नेकपा एमालेको नेतृत्वको कोशी प्रदेश सरकारमा एमालेले पठाउने तिन जना मन्त्रीको नाम टुंगो लागेको छ । एमाले स्रोतका अनुसार एमालेबाट लिलावल्लभ अधिकारी, पाँचकर्ण राई र एकराज कार्कीको नाम टुंगोमा पुगेको छ ।

अहिलेसम्म ३ जनाको नाम फाइनल जस्तै छ तर निर्णय भईनसकेको एमाले संसदीय दल स्रोतले जनाएको छ । यस अघि एमालेबाट राम राना बिनाविभागीय मन्त्री बनिसकेका छन् । कोशी प्रदेशमा रहेको ९ मन्त्रालय मध्ये एमालेले मुख्यमन्त्रीसहित ५ र माओवादी केन्द्रले ३ मन्त्रालय लिने सहमति भईसकेको छ । दुबै दलबाट एक–एक जना बिनाविभागीय मन्त्री भईसकेका छन् ।

उता माओवादी केन्द्र भने आफ्नो मन्त्रीको नाम टुङ्गो लगाउन सकेको छैन् । कोशी प्रदेशमा १३ जना सांसद रहेको माओवादीमा दलका नेता इन्द्रबहादुर आङ्बोबाहेक सबै मन्त्रीका आकांक्षी छन् । यसअघि गणेश उप्रेतीलाई सरकारमा पठाएको माओवादी केन्द्रले अब दुर्गा चापागाईं, राजेन्द्र कार्की, नारायण बुर्जामगर, गोम्बु शेर्पा, बाबुराम गौतम,राजन किराती र सपना दर्जी मध्येबाट २ जनालाई पठाउनेछ ।