एमाले उदयपुर जिल्ला उपाध्यक्षमा श्रेष्ठको दावी

पूर्णपुष्टि, पुष २४
नेकपा एमाले उदयपुरको उपाध्यक्षमा कटारी नगरपालिकाका मेयरले ज्ञानेन्द्र श्रेष्ठले दावी गरेको छ । श्रेष्ठले उपाध्यक्षमा आफ्नो दावी रहेको भन्दै उम्मेदवारी घोषणा गरे । पार्टीलाई सवल सुदृढ र एकताबद्ध बनाउन साझा उम्मेद्वारका रुपमा उपाध्यक्षमा आफ्नो उम्मेदवारी रहेको श्रेष्ठले जनाए । श्रेष्ठले हाल सम्म कुनै पनि गुट उपगुटमा आफु नरहेको र पार्टीलाई सो दिसा बाट पन्छाउन आफ्नो महत्वपूर्ण उम्मेदवारी रहेको जनाए ।

हाल कटारी नगरपालिकाको मेयर तथा एमाले उदयपुरको उपसचिव समेत रहनुभएका श्रेष्ठ हक्की, निडर, जुझारु, कुशल नेतृत्वकर्ता रुपमा रहेको छ ।
२०४६ साल देखी नेकपा एमालेको राजनैतिक यात्रा सुरु गरेका श्रेष्ठ यातयात व्यावसायी महासंघको केन्द्रिय सदस्य, नेपाल खेलकुद महासंघको केन्द्रिय सदस्य हुँदै २०५४ सालमा वडाध्यक्ष र पार्टीको ईलाका कमिटी, जिल्ला कमिटि सम्मको जिम्मेवारी गर्दै वर्तमान समयमा कटारी नगर प्रमुखको भुमिकामा रहेर जनताको काम गरिरहेको श्रेष्ठले जनाएको छ ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: