
पूर्णपुष्टि, २५ जेष्ठ ।
एमालेको नगर तथा गाउँपालिका अधिवेशन उदयपुरमा पनि आज बाट सुरु भएको छ । जिल्लाको आठ ओटै पालिकामा एकै साथ पालिका अधिवेशन हुने भएको छ । जेष्ठ २५ र २६ गते दुई सम्म चल्ने अधिवेशन त्रियुगा नगरपालिकामा ११ बजेदेखी सुरु हुने भएको छ । यहाँ पोलिट व्युरो सदस्य राजेन्द्र गौतमले उद्घाटन गर्ने भएको छ । यस्तै बेलका नगरपालिकामा भने स्थायी कमिटी सदस्य शेरधन राईले उद्घाटन गर्ने भएको छ भने चौदण्डीगढीमा भानुभक्त ढकाल, कटारी नगरपालिकामा स्थायी कमिटि सदस्य बिशाल भट्टराईले गर्ने भएको छ । यस्तैगरी लिम्चुङबुङ गाउँपालिकामा प्रदेश सदस्य देवराज राई, रौतामाईमा जिवन कार्की, ताप्लीमा बेनी बहादुर नेपाली, उदयपुरगढीमा डा. भेषराज थापाले अधिवेशनको औपचारिक उद्घाटन गर्ने भएको हो ।
