Sunday, May 3News That Matters

एमाले त्रियुगा नगरको अधिवेशन आजबाट, अध्यक्षमा आकांक्षीको लर्को

पूर्णपुष्टि, २५ जेष्ठ ।
नेकपा एमाले त्रियुगा नगरपालिकाको अधिवेशन आजबाट सुरु हुने भएको छ । जिल्ला पार्टी अध्यक्ष भागवत राउतका अनुसार मोतिगडा स्थित होटल इम पायर इनमा अधिवेशनको उद्घाटन हुने छ । त्रियुगा सँगै जिल्लाको आठ ओटै पालिकाहरुमा एकै साथ अधिवेशन हुने भएको छ । जिल्लाको ४ नगरपालिका र ४ गाउँपालिकामा अधिवेशन एकैसाथ उद्घाटन हुने भएको छ । बिभिन्न पालिकाहरुमा पार्टीका केन्द्रीय सदस्यीय, पोली व्युरो सदस्य तथा प्रदेश सदस्यहरुले अधिवेशनको उद्घाटन गर्ने तयारी रहेको अध्यक्ष राउतको भनाई छ । त्रियुगा नगरपालिकामा भने पोलिट व्युरो सदस्य राजेन्द्र गौतमले उद्घाटन गर्ने भएको छ । त्रियुगा नगरपालिकामा अध्यक्षको लागि ५ जनाले दावी गरेको स्रोतले जनाएको छ ।

स्रोतको प्रारम्भीक जानकारी अनुसार जनार्दन रेग्मी देखी बिश्वराज भट्टराई समेतेले अध्यक्षमा दावी गरेको छ । यी दुई भन्दा अन्य कुमार घिमिरे, गोबिन्द राउत र रमेश कार्कीले पनि अध्यक्षमा दावेदार राखेको छ । अध्यक्ष आकांक्षी जनार्दन रेग्मीले पार्टीलाई चलायनमान बनाउन आफु सक्षम रहेको जनाए । कम्युनिष्ट पार्टी जनताहरुको उद्धारवादी पार्टी रहेको भन्दै पछिल्लो समय देशमा बढेको भ्रष्टचारलाई सुन्य बनाउन पार्टीलाई क्रियाशिल बनान आफ्नो मुख्य भिजन रहेको जनाए ।

देशको बिक्रिती बिसंगतीमा पार्टीको खबरदारी निकै महत्व हुन्छ, त्यसलाई आफ्नो नेतृत्वले लाईनमा ल्याउने उनको भनाई छ । उनले पार्टी सुदृढीकरण र पुरानो बिरासतलाई जोगाई राख्न आफ्नो महत्वपूर्ण दावी रहेको जनाए । घिमिरे पछिल्लो समय भ्रष्टचार, अन्याय अत्याचार र बेतिथिको बारेमा आवाज उठाउँदै आएका नेता हुन् । यस्तै बिश्वराज भट्टराई त्रियुगा नगरपालिका ११ का पूर्व वडा अध्यक्ष समेत हुन् । उनि पनि यो पटक त्रियुगा नगरको पार्टी अध्यक्ष बन्ने दौडधुपमा छ । उनले पार्टीलाई थप विश्वासनिय बनाउँदै त्रियाशिल बनाउन आफुले नेतृत्वलिन खोजेको जनाए । यस्तै अन्य उम्मेदवारहरुले पनि आफ्नो नेतृत्वका लागि दरिलो दावी गर्दै आएको छ ।