
उदयपुर,चैत्र ८ गते ।
उदयपुरको झिल्केमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । एम्बुलेन्सको ठक्करबाट त्रियुगा नगरपालिका–९ झिल्के चोकमा बसीरहेका स्थानीय तिलक दनुवार र रोशन दनुवारको मृत्यु भएको हो ।
चुहाडेबाट गाईघाट पर्फ आउँदै गरेको स १ झ ४७७ नम्बरको ऐम्बुलेन्सले शुक्रबार साँझ ६ बजे चोकको बाटो छेउमा बसिरहेका ६२ बर्षीय तिलक, १४ बर्षीय रोशन र ३२ वर्षीय राजकुमार दनुवारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्सको ठक्करबाट गम्भिर घाईते भएका तिलकको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा साझँ साढे ६ बजे मृत्यु भएको थियो भने रोशनको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा आज बिहान सवाँ ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
अर्का घाईते राजकुमारको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक सन्तोष खत्री प्रहरीको नियन्त्रणमा रहेको जिप्रकाले जनाएको छ ।
