
भोजपुर, चैत्र ८ गते ।
भोजपुर ट्याम्केमैयुममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । ट्याम्केमैयुम–३ गिरी टोल निबासी ५७ बर्षीया दुर्गामाया गिरीको चट्याङ लागेर मृत्यु भएको हो ।
आफ्नै घरमा बसिरहेको बेला शुक्रबार दिउँसो पौने ४ बजे अचानक परेको चट्याङ लागेर गरी घाईते भएकी थिईन् । घाईते गिरीको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा साझँ पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
